काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयनका लागि मतदान भैरहेको छ ।
गत असोजमा भएको २३ औं राष्ट्रिय सम्मेलनअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान भैरहेको हो । भूगोलका ७ प्रदेश तथा उपत्यका विशेष र विश्वविद्यालय गरी ९ प्रदेशमा बिहान ९ बजेदेखि मतदान सुरू भएको हो ।
काठमाडौंमा उपत्यका विशेष प्रदेश र विश्वविद्यालय विशेष प्रदेशको मतदान बाल्मिकी क्याम्पसमा भैरहेको छ । यस्तै बागमती प्रदेशको भक्तपुरस्थित सानोठिमी क्याम्पसमा भइरहेको प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रधानले जानकारी दिएकाछन् ।
अपरान्ह ४ बजेम्म हुने मतदानबाट ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ जना केन्द्रीय सदस्य, लेखा, निर्वाचन र अनुशासन आयोगमा पदाधिकारी र सदस्य गरी कुल ३१२ जना छानिनेछन्।
अखिल क्रान्तिकारीको अध्यक्ष पदका लागि चार जना प्रतिस्पर्धी मैदानमा छन् ।



















प्रतिक्रिया