२ चैत्र २०८२, सोमबार | March 16, 2026

औपचारिक कार्यक्रममा खादा र माला प्रयोग नगर्ने बुटवल उपमहानगरपालिकाको निर्णय



बुटवल । बुटवल उपमहानगरपालिकाले औपचारिक कार्यक्रममा खादा र माला प्रयोगमा निषेध गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न नगरसभाको अधिवेशनले धार्मिकबाहेकका कार्यक्रममा खादा र माला प्रयोग नगर्ने निर्णय पारित गरेको हो ।

नगरसभाले औपचारिक कार्यक्रमहरुमा मञ्चमा ७ जनाभन्दा बढीले आसन ग्रहण नगर्ने र औपचारिक कार्यक्रमहरुलाई छरितो बनाउँदै लैजाने निर्णय गरेको छ । नगरसभाको बैठकमा प्रमुख खेलराज पाण्डेयले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । सभामा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको विकासमा प्रदेश र संघीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रयास गरेपनि अपेक्षाअनुरुप बुटवलका मुख्य र ठूला समस्यामा साथ नपाएको बताए । उनले आन्तरिक श्रोत र संघ र प्रदेशको अनुदानबाट जे जति बजेट छ त्यसैबाट बुटवलको विकासका कामलाई अगाडि बढाउने गरी कार्यक्रम र योजनाहरु अगाडि सारेको बताए ।

उनले नगरका मुख्य समस्या समाधानका लागि संघ र प्रदेशले विशेष चासो दिएर श्रोतबारे सोंचविचार गर्नुपर्ने बताए । ज्योतिनगर पहिरो, तिनाउ नदीकिनारको बस्ती, तिनाउ करिडोरका कारण विस्थापितहरुको बारेमा संघ सरकारसँग पटक पटक छलफल भएपनि निकास ननिस्किएको उनले बताए ।

बुटवलको विकास सबै पक्षको सहकार्यबाट मात्रै सम्भव रहेको भन्दै उनले विकासका कामले तीब्रता लिएको बताए । उनले मुख्य सडकमा ट्राफिक लाइट जडान, हाइमास्ट लाइट जडान, बधशाला सञ्चालन, बसपार्कमा स्नानगृहसहितको शौचालय, मुख्य सडकको हरियाली जस्ता कामहरु सम्पन्न भइसकेको बताए ।

यस्तै, आम्दा अस्पतालमा पारामेडिकल अध्ययन शुरु र अस्पतालको स्तरोन्नति शुरु भएको र वडा नम्बर १३ र १७ मा १५-१५ बेडका अस्पताल निर्माण सम्पन्न भएको र छिटै सञ्चालन हुने उनले बताए । बीटीआइमा ४० जना छात्रालाई निशुल्क अध्ययनको व्यवस्था, सीपमूलक तालिम र रोजगारका लागि नगरप्रमुख गृहणी महिला स्वरोजगार कार्यक्रम, मेयर युवा इलम कार्यक्रम, उपप्रमुख महिला आत्मनिर्भर कार्यक्रम, बाआमासँग नगरप्रमुख कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको प्रमुख पाण्डेयले बताए ।

उनले युवाहरुलाई खेलमा आकर्षित गर्नका लागि विद्यालयस्तरीय मेयरकप फुटबल प्रतियोगिता, भलिबल प्रतियोगिता, क्रिकेट प्रतियोगिताहरु सञ्चालन गर्ने र खेलमैदानहरुको स्तरोन्नति गर्ने काम भइरहेको बताए । प्रमुख पाण्डेले चालु आर्थिक वर्षमा केही अधुरा कामले पूर्णता पाउने र एउटा नतिजा देखिने बताए ।

नगरसभामा उपप्रमुख सावित्रादेवी अर्यालले चालु आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारमा केही ठूला योजनाको सिफारिश गर्ने र खर्च नहुने विकास बजेट शीर्षकान्तरसम्बन्धि गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ६ : २६ बजे

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

म्याग्दी । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का रामलाल चालिसे प्राकृतिक उपचारका