बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने माथिको छुनछेक बहस सुरू भएको छ।
रुपन्देही जिल्ला अदालतमा सुनुवाइ सुरु हुनेवित्तिकै लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका छन् । बिहीबारदेखि सुरू भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ ।
सरकारी वकिलको तर्फवाट बहस सकिएको छ । लामिछानेको तर्फवाट केही वकिलको बहस भने बाँकी रहेकाले आईतवार पनि उनी अदालतमा उपस्थित भए पछि बहस सुरू गरिएको हो । आज प्रतिवादीको तर्फबाट बहस सकिएपछि सरकारी र जाहेरवालाका वकिलहरुले जवाफी बहस गर्नेछन् । त्यसपछि न्यायाधीशले पूर्पक्षका लागि थुनामा पठाउने वा रिहा गरेर मुद्दा अघि बढाउने विषयमा आदेश दिनेछन् ।
उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन । बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लावाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन ।



















प्रतिक्रिया