५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाको मुद्दामा फायल मगाउन आदेश



काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरूलाई अमेरिका लैजान भन्दै ठगी गरेको अभियोगमा अदालतको आदेशले थुनामा रहेका दुई प्रतिवादीहरूको मुद्दामा फरक फरक आदेश गरेको छ ।

निलम्बित सचिव टेकनारायण पाण्डे र बेचन झाको मुद्दामा सर्वोच्चमा आजकै लागि पेसी तोकिएकोमा फरक फरक आदेश भएको हो । जिल्ला अदालत काठमाडौँको आदेशले थुनामा रहेका दुवै जनाको मुद्दा अलग अलग न्यायाधीशको इजलासमा पेसी तोकिएको थियो ।

पाण्डेको मुद्दा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी तोकिएकोमा हेर्न नमिल्ने आदेश भएको छ भने झाको मुद्दा न्यायाधीशद्धय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएकोमा फाइल मगाउने आदेश गरेको छ। प्रधानन्यायाधीश राउतले यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डेकै निवेदनमा सुनुवाइ गरी आदेश गरेकाले आज हेर्न नमिल्ने भएको हो ।

बेचन झा भने पूरक अभियोगपत्रबाट यो प्रकरणमा जोडिएका हुन् । पहिलो अभियोग पत्र दायर हुनुअघि भएको अनुसन्धानमा उनी फरार रहेका थिए । भारतबाट पक्राउ गरी ल्याउँदै सरकारले जिल्ला अदालत काठमाडौँमा पूरक अभियोग पत्र दर्ता गराएको थियो ।

झा माथि भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषद्बाटै निर्णय गराउने भन्दै रकम असुल गरेको आरोप लागेको थियो । उक्त अभियोगमा जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध झा सुरुमा उच्च अदालत पाटन पुगे । पाटनले पनि जिल्लाकै सदर गरेपछि उनी माघ २ गते सर्वोच्च अदालत पुगेका थिए । झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । अहिले उनी सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा छन् ।

 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ५ : ११ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको