८ भदौ २०८३, सोमबार | August 24, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाको मुद्दामा फायल मगाउन आदेश



काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरूलाई अमेरिका लैजान भन्दै ठगी गरेको अभियोगमा अदालतको आदेशले थुनामा रहेका दुई प्रतिवादीहरूको मुद्दामा फरक फरक आदेश गरेको छ ।

निलम्बित सचिव टेकनारायण पाण्डे र बेचन झाको मुद्दामा सर्वोच्चमा आजकै लागि पेसी तोकिएकोमा फरक फरक आदेश भएको हो । जिल्ला अदालत काठमाडौँको आदेशले थुनामा रहेका दुवै जनाको मुद्दा अलग अलग न्यायाधीशको इजलासमा पेसी तोकिएको थियो ।

पाण्डेको मुद्दा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी तोकिएकोमा हेर्न नमिल्ने आदेश भएको छ भने झाको मुद्दा न्यायाधीशद्धय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएकोमा फाइल मगाउने आदेश गरेको छ। प्रधानन्यायाधीश राउतले यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डेकै निवेदनमा सुनुवाइ गरी आदेश गरेकाले आज हेर्न नमिल्ने भएको हो ।

बेचन झा भने पूरक अभियोगपत्रबाट यो प्रकरणमा जोडिएका हुन् । पहिलो अभियोग पत्र दायर हुनुअघि भएको अनुसन्धानमा उनी फरार रहेका थिए । भारतबाट पक्राउ गरी ल्याउँदै सरकारले जिल्ला अदालत काठमाडौँमा पूरक अभियोग पत्र दर्ता गराएको थियो ।

झा माथि भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषद्बाटै निर्णय गराउने भन्दै रकम असुल गरेको आरोप लागेको थियो । उक्त अभियोगमा जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध झा सुरुमा उच्च अदालत पाटन पुगे । पाटनले पनि जिल्लाकै सदर गरेपछि उनी माघ २ गते सर्वोच्च अदालत पुगेका थिए । झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । अहिले उनी सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा छन् ।

 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ५ : ११ बजे

पर्सा राष्ट्रिय निकुञ्जमा ‘सिए टिएस’ प्रमाणीकरण

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको

आफुलाई ‘हिन्दुविरोधी’ देखाउने प्रयासप्रति बाबुराम भट्टराईको गम्भीर आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने

छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज

तनहुँ । तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या-पूजा’

काभ्रेपलाञ्चोक । प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ