२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’



काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेसागत सुरक्षामा ध्यान दिने बताएकी छन् ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज यहाँ आयोजना गरेको ‘पत्रकारितामा महिलाको सवाल र महासङ्घको भूमिका’ विषयक अन्तरक्रियामा अध्यक्ष शर्माले पत्रकारितामा आर्थिक चुनौती देखिएकाले व्यावसायिक सुरक्षामा ध्यान दिन जरुरी भएको बताइन् ।

“पत्रकारको पेसागत सुरक्षाका लागि सूचना प्रविधिको प्रयोग जरुरी छ,” अध्यक्ष शर्माले भनिन्, “अबको पत्रकारिता अधिकतम प्रविधिमैत्री गर्न क्षमता विकासको तालिम पनि जरुरी छ, त्यसका लागि महासङ्घले योजना बनाएर काम गर्नेछ ।”

पत्रकारलाई सामाजिक सुरक्षा कोषमा लैजाने र पत्रकार महिलाले सञ्चालन गरेका साना–स्वरोजगारमूलक मिडियालाई दिगो रुपमा सञ्चालन गर्न सकिने उपायका बारेमा छलफल गर्ने उनले बताइन् । पत्रकार महासङ्घको इतिहासमा सम्पूर्ण पत्रकार महिलाको जित भएको र महासङ्घलाई चुस्तदुरुस्त राख्न निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष शर्माले सहयोगका लागि अपिलसमेत गरिन् ।

राससका पूर्वमहाप्रबन्धक निर्मला आचार्यले नेपालको संविधानले व्यवस्था गरेअनुसार नेपाल पत्रकार महासङ्घमा ३३ प्रतिशत महिला पत्रकारको सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।

सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले पत्रकार महिलाको पेसागत सुरक्षालाई ध्यानमा राखेर सूचनाप्रविधिसम्बन्धी तालिम सञ्चारिकाले दिँदै आएको जानकारी गराइन् ।

सार्वजनिक सेवा प्रसारण (पिएसवी) नेपालका निमित्त नायब महाप्रबन्धक आरती चटौतले नेपाली पत्रकारिताको इतिहासमा महिलालाई नेतृत्व गर्ने अवसर मिलेको बेलामा महिला पत्रकारको पेसागत सुरक्षा, विषयवस्तुमा दक्षता र क्षमता अभिवृद्धिका कामलाई बढी ध्यान दिनुपर्ने बताइन् ।

मिडिया एड्भोकेसी समूह (म्याग) का संस्थापक अध्यक्ष बबिता बस्नेतले पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षा, न्यूनतम पारिश्रामिक पाउनुपर्ने विषयको कार्यान्वयनमा ध्यान दिँदै सूचना प्रविधिको प्रयोगमा महासङ्घले बढी जोड दिनुपर्ने आवश्यकता औँल्याइन् ।

डब्लुडब्लुजेका अध्यक्ष रामकला खड्काले पत्रकार महासङ्घले महिला पत्रकारको क्षमता अभिवृद्धि र पेसागत सुरक्षाका लागि काम गर्नाका साथै महिला पत्रकारको अवस्थाबारे जानकारी लिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताइन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : १४ बजे

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान, आजै रातीदेखि मतगणना सुरु हुने

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्यो : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब