७ बैशाख २०८३, सोमबार | April 20, 2026

बाँकेमा संक्रमित थपिने र डिस्चार्ज हुनेको संख्या बराबरीमा



नेपालगन्ज । बाँकेमा कोरोनाको ग्राफ बढेसँगै कोरोना मुक्त हरनेको संख्या पनि बढ्दै गएको छ । शनिबार डिस्चार्ज हुने संक्रमण मुक्तहरुको संख्या सहित जिल्लामा सात सय बढी जिल्लाबासीले कोरोना भाइरसलाई पराजित गर्दै घर फर्केका छन् ।

शनिबार मात्र होटल न्यू इन्द्रेणी, नेपालगन्ज मेडिकल कलेज चिसापानी आइसोलेसन सेन्टर, आदर्शनगर आइसोलेसन, होटल सिटी प्यालेस, खजुरा क्यान्सर अस्पताल आइसोलेसनबाट १० जना डिस्चार्ज भएका छन् । ती अधिकांश नेपालगन्जका हुन् । डिस्चार्ज हुनेमा अख्तियार दुरुपयोग अनुसन्धानका कर्मचारी देखि मेडिकल कलेजका नर्सिङ स्टाफ पनि छन् ।

जिल्लामा कूल कोरोना संक्रमित ९ सय ७५ जना रहेकोमा कोरोनाबाट शनिबारसम्म ७ सय ३ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । बिभिन्न आइसोलेसन केन्द्र तथा अस्पतालहरुमा अब २ सय ६६ जनाले उपचार गराईरहेका छन् । कोरोनाबाट बाँके जिल्लामा अहिलेसम्म ६ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ९ : ५७ बजे

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो

असिनाले ७४ सवारीसाधनमा क्षति

चितवन । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै