पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफुमाथि लगाइएको धरौटी बदरको माग गर्दै उच्च अदालत पुगेकाछन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले लामिछानसँग ६५ लाख धरौटी मागेको थियो। उनले धरौटी बदर गरी साधारण तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै लामिछानेले पोखरा उच्च अदालतमा निवेदन दिएका हुन्। उनको निवेदन दर्ता भएको छ ।
लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय यसअघि नै उच्च अदालत पुगेको थियो।
लामिछानेसँग कास्की बाहेक काठमाडौं जिल्ला अदालतले ६० लाख र रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी मागेका छन् ।



















प्रतिक्रिया