काठमाडौं । सरकारले फास्ट ट्रयाकबाट अध्यादेश पारित गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले ल्याएका अध्यादेश फास्ट ट्रयाकबाट पारित गर्ने निर्णय गरेको हो ।
बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले फास्ट ट्रयाकबाट पारित गरिनेगरी संसद् सचिवालयमा दर्ता गरिएको पनि जानकारी गराए । गुरुङले अध्यादेश ल्याउनुमा कुनै बद्नियत नभएको दाबी गर्दै संसद् छलेर अध्यादेश नल्याएको जिकिर गरे । उनले अध्यादेश ल्याउनु सरकारको संवैधानिक अधिकार भएको दाबी गरे ।
उनले भने, ‘मुलुकको आवश्यकताको लागि, सुशासन प्रवद्र्धन गर्नका लागि र अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अध्यादेश ल्याइएको हो ।’
संसद अधिवेशन यही माघ १८ गतेबाट सुरु हुँदैछ । सोही दिन ६ वटा अध्यादेश पेस गर्ने तयारी छ ।



















प्रतिक्रिया