१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

प्रदेश ५ मा बढ्दै कोरोना कहर : प्रयोगशालाले परीक्षण थेग्नै मुस्किल



बुटवल । प्रदेश ५ मा दिन प्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा प्रदेशमा स्थापना गरिएका प्रयोगशालाहरुले नमुना जाँच्न सकेका छैनन ।

कोरोना संक्रमितहरुको सम्पर्कमा आएका कन्ट्याक टे«सिङबाट पत्ता लगाइएका व्याक्तिहरुको नमुना संकलन गरिएको भएपनि ति नमुना जाँच्नको लागि ल्याव अभाव भएको हो ।

क्षमता भन्दा बढि नमुना संकलन भएपछि प्रदेशमा संक्रकलन गरिएका नमुनाहरु यत्तिकै थन्किएका छन । प्रदेश ५ मा अहिले ४ स्थानमा कोरोनाको परिक्षण हुदै आएको छ । कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि यहाँ संकलन गरिएका नमुनाहरुको काठमाण्डौंमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत पठाउने गरिएको छ ।

जसको कारण नतिजा आउनमा समेत ढिलाई हुने गरेको छ । शनिवार सम्म प्रदेशमा १ हजार २ सय ७८ वटा संकलित नमुना जाँच्न अझै बाँकी छ । यहाँ संकलन गरिएका नमुना प्रादेशिक जनस्वाथ्य प्रयोगशाला (विउ विजन प्रयोगशाला भैरहवा), लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भेरी अस्पताल प्रयोगशाला बाँके र राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान दाङमा स्थापना गरिएको प्रयोगशालामा परिक्षण हुदै आएको छ ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार यहाँ स्थापना गरिएको प्रयोगशालाको क्षमता भन्दा बढि नमुना संकलन भैरहेको कारण काठमाण्डौमा समेत पठाउने गरिएको जानकारी दिए ।

यसको अलवा रुपन्देहीमा रहेको निजी ल्याब नेशलन प्याथ ल्याव एण्ड रिसर्च सेन्टरमा परिक्षण हुदै आएको छ । प्रदेशमा शुक्रबार मात्रै कुल ६ हजार ६ सय १ जना कोभिड संक्रमित रहेका छन ।

संक्रमितहरु मध्ये २२ देखि २३ प्रतिशतमा लक्षण सहितको कोरोना संक्रमितहरु रहेका छन । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार विहिवार मात्रै कुल ९६ जना संक्रमित थपिएकोमा शुक्रबार पनि ७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन । प्रदेशमा हाल सम्म कोरोना संक्रमणकै कारण कुल २७ जनाले ज्यान गुमाएका छन ।

प्रदेश ५ मा १ सय ५ जना स्वाथ्य कर्मीहरु समेत संक्रमित भएका छन । १ सय ४ जना कोरोना संक्रमितहरुले कोरोना विषेश अस्पतालमा उपचाररत रहेका छन ।

प्रदेश ५ को जाँचको प्रक्रियामा रहेका नमुनामा राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा कुल ३ सय २० नमुना जाँचको प्रक्रियामा रहेका छन । यस्तै भैरहवामा रहेको प्रदेश जनस्वाथ्य प्रयोगशालामा आझै १ हजार २ सय ७८ वटा नमुना जाँच्न बाँकी छ ।

यस्तै भरी अस्पताल बाँकेमा कुल ६ सय ६ वटा नमुना अझै जाँच्न बाँकी छ भने राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा कुल ५ सय २२ संकलित नमुना जाँच्न बाँकी छ । यस्तै बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा कुल २ सय ४२ नमुना जाँचको क्रममा रहेका छन ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  १२ : ३६ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,