९ पुस २०८२, बुधबार | December 25, 2025

सांसद पदबाट निलम्बन फुकुवा माग गर्दै रविले दिए सभामुखलाई निवेदन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् ।

संसद अधिवेशन सुरु हुनुअघि लामिछानेले सभामुखलाई भेट्न गरेका हुन् । भेटमा लामिछानेले आफ्नो सांसद पद निलम्बन प्रतिनिधिसभा नियमावली र सर्वोच्च अदालतको नजिर विपरित भएकोले फिर्ता लिन अनुरोध गरेका छन् । स्वर्णिम वाग्ले र सन्तोष परियारसहित सभामुखलाई भेटेका लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न माग सहित निवेदन दिएका छन् ।

सहकारीका रकम अपचलन तथा हिनामिना मुद्दा अदालतमा दर्ता भएपछि प्रहरी हिरासतमा रहेका बेला लामिछानेलाई सभामुखले जिल्ला सरकारी वकिल कार्यालयको पत्रको आधारमा निलम्बन गरेका थिए ।

रास्वापले लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधेर निलम्बन गरिएको रास्वपाको आरोप छ ।

सभामुखसँग भेटनु अघि लामिछानेले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आफ्ना सांसदहरुसँग भेट गरेका थिए ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १२ : ३५ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना