१६ माघ २०८२, शुक्रबार | January 31, 2026

बुटवलको नयाँगाउँमा रहेको मुक्तिनाथ धाममा माघ २२ गतेदेखि चार बेद अठाह्र पुराण अनुष्ठान महायज्ञ लाग्ने



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-१२ नयाँगाउँस्थित श्रीस्वामीनारायण मुक्तिनाथ धाममा चार बेद अठाह्र पुराण अनुष्ठान श्रीमद्मुक्तिनाथ महायज्ञ हुने भएको छ । धर्म संस्कृति र परम्पराको रक्षा गर्न यहीँ माघ २२ गतेदेखि फागुन ९ गतेसम्म श्रीमदभागवत यज्ञावतार हिरण्यगर्भ पुराण पुरुषोत्तम चार बेद अठाह्र पुराण मुक्तिनाथ महायज्ञ हुन लागेको हो ।

महायज्ञ सम्पादन मूल समारोह समितिका अध्यक्ष बाबुराम महत क्षेत्रीले महायज्ञले आर्थिकलाई प्राथामिकता नदिएको बताउदै यज्ञलाई सफल बनाउन सबैको साथ र सहयोग गर्नुपर्ने बताए । १८ दिनसम्म चल्ने ताण्डुलाचल महाउत्सवमा आफ्नो क्षमता अनुसार सहयोग गर्न सकिने अध्यक्ष क्षेत्रीको भनाइ छ । महायज्ञमा वाचक आचार्य पण्डित चैतन्य कृष्ण, अनुराधा देवी र विष्णु ज्ञवालीले पुराण बचन गर्नेछन ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्माले महायज्ञले वैदिक सनातन धर्मप्रति पृथक र महत्वपूर्ण बन्ने बताए । महायज्ञको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । हरेक दिन सन्ध्याकालीन श्रङगारिक महाआरती ऋषि संस्कृति उत्सव पनि गरिने कार्यक्रम छ ।

मुक्तिनाथ धाम यस क्षेत्रको धार्मिक धरोहरको रुपमा स्थापित छ । महायज्ञको परिकल्पनाकार स्वामी लोकानन्द हुन । धामको नवनिर्माण गर्न थालिएको भवनको सोमबार नेपाल सरकारका अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले शिलन्यास गर्ने कार्यक्रम पनि राखिएको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ५ : ३५ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी