४ पुस २०८२, शुक्रबार | December 19, 2025

रवि लामिछानेको निलम्बन फुकुवा नगरे त्यसको मुल्य महंगो पर्नेछ : डीपी अर्याल



काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको निलम्बन फुकुवाको माग गरेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परी चार स्थानवाट धरौंटीमा रिहा भइरहेका सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेको हो ।

प्रतिनिधिसभाको जारी बोल्दै कार्यवाहक सभापति तथा सांसद डीपी अर्यालले उक्त माग गरेका हुन् । ‘पुर्वाग्रही तरिकाले थुनामा राखेको र अहिले धरौंटीमा रिहा भइसकेका हाम्रा सभापति रबि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गर्दछु‚’ उनले बैठकमा भने ।

सांसद अर्यालले लामिछानेमाथि सरकारले प्रतिशोध साँधिरहेको दावी गर्दै सदनले पनि त्यसलाई समर्थन गरेको अनुभूति भएको बताए। उनले सभापति लामिछानेको निलम्बन फुकुवा नगरे त्यसको मुल्य महंगो पर्ने पनि जनाए ।

विभिन्न सहकारीबाट ग्यालेक्सी टिभीमा रकम लगेको अभियोगमा लामिछानेमाथी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणका मुद्दा चलिरहेको अवस्था छ ।

सोही अभियोगमा सभामुख देवराज घिमिरेले लामिछानेलाइ पद निलम्बन गरेका थिए । तर, लामिछाने भने कास्की, काठमाडौं, रूपन्देही र चितवनवाट २ करोड भन्दा माथी धरौंटी दिएर रिहा भइसकेका छन् ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  २ : १७ बजे

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित