४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवलबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ, ६ थान मोटरसाइकल बरामद



बुटवल । बुटवलबाट बिभिन्न समयमा हराएका मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल र त्यस आसपासबाट मोटरसाइकल चोरी गर्ने गिरोहको ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट ६ थान चोरी भइका मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देही सैनामैना नगरपालिका वडा नं.५ का १८ वर्षिय राजु थारु, सोही स्थानका १९ वर्षिय अमित भन्ने जंग बहादुर थारु, २० वर्षिय सुदिप थारु, वडा नम्बर ४ का १९ वर्षिय गणेश थारु, १८ वर्षिय निम बहादुर थारु, १९ वर्षिय बिक्की नाउ र १८ वर्षिय बिनोद हरिजन रहेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका अन्तरगत विभिन्न स्थानहरुबाट सवारी साधनहरु(मोटर साईकल र स्कुटर) चोरी भएको सन्दर्भमा इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल रामनगर, इलाका प्रहरी कार्यालय रन्यौरा(मुर्गिया)बाट चोरी भएका सवारी साधनहरु र चोरी गर्ने व्यक्तिहरुलाई खोजतलासको लागी खटाइएको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी बिजय पण्डीतले बताए ।

उनीहरुबाट चोरी भएका ६ थान मोटरसाईकल सहित रुपन्देही जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ६ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको