२२ मंसिर २०८२, सोमबार | December 8, 2025

बुटवल उपमहानगरको ६६ औं स्थापना दिवसमा फुटबल : राजनीतिकदल बिरुद्ध जनप्रतिनिधिको ५ गोल



बुटवल । बुटवल उपमहानगरपालिकाको ६६ औ स्थापना दिवसको अवसरमा आईतबार संचालन गरिएको राजनितिक दल र जनप्रतिनिधिबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधि विजयी भएका छन । बुटवल नगर खेलकुद विकास समितिको संयोजनमा बिपि कोईराला मैत्रीपुर्ण फुटबल प्रतियोगिता २०८१ मा राजनितिक दलको टिमलाई ५–० गोल अन्तरले जनप्रतिनिधि टिमले पराजित गर्दै जित हात पारेको हो ।

सिद्धेश्वर लालकुमारी खेलमैदानमा भएको निक्कै रोमान्चक प्रतिस्प्रर्धात्मक खेलमा पेनाल्टी शुटमार्फत जनप्रतिनिधिका खेलराज पाण्डेयले जाली चुमाउदै टिमको खाता खोले । डिबक्सभित्र राजनीतिक दलको खेलाडीले गरेको ह्याण्डमा पाएको पेनाल्टीलाई पाण्डेयले गोल गरेर सदुपयोग गरेका थिए । यसपछि खेलमा लथाचार जनप्रतिनिधि हाबी रहेका थिए ।

दोस्रो हाफमा खेलमा फर्किन लागेको भएपनि राजनीतिक दलबाट एउटै गोल हुन सकेन । जनप्रतिनिधिको टिमका श्याम थापा, सन्दिप खनाल, गौतम लाल शाक्य र पाचौ गोल शिव रानाले गरे । योसंग जनप्रतिनिधिको टिम ५-० को फराकिलो अन्तरले विजयी भएको छ ।

कार्यक्रमको रेफ्रीलाई बल हस्तान्तरण गरि उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले खेलकुदलाई आत्मसात गर्न प्रोत्साहन हुने गरि स्थापना दिवसमा फुटबल खेल खेलाईएको बताए । कम्तीमा हरेक ब्यक्ति एउटा खेलमा आवद्ध हुन सके मानसिक र शारीरिक रुपमा स्वास्थ्य रहन सकिने उनले बताए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  २ : ३२ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब