२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

पदको बार्गेनिङ गरेको कुरा पार्टीलाई बद्नाम गराउने प्रपोगाण्डा हो : उपेन्द्र यादव



काठमाडौंं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संसद बैठकमा अध्यादेश पेश गर्ने कार्यसूची बनाउने वित्तिकै पार्टीले यसबारे निर्णय गर्ने बताएका छन् ।

सिंहदरबारमा आइतबार संसदीय दल बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले आफ्नो दलले देश र जनताका हितमा मात्र सोचिरहेको बताए। ‘जुनबेला निर्णय काम लाग्छ त्यतिबेला न गर्ने हो, सरकारले कार्यसूचीमा राख्नेबित्तिकै निर्णय हुन्छ,’ उनले भने। उनले अध्यादेशबारे आफुहरुले विज्ञहरुसँग छलफल गरेको र उनीहरुको मिश्रित धारणा आएको बताए ।

यादवले सरकारसँग सत्ताको बार्गेनिङ गरेको कुरा पार्टीलाई बदनाम गराउने प्रोपोगान्डा मात्र भएको जिकिर गरे । यादवले भने, ‘यस्ता फोहोरी र फटाहा कुरा, प्रोपोगान्डाको कुरा नगरौं । हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं । हामीलाई मन्त्रालय चाहिएन, देश र जनताको हितमा काम चाहियो ।’

अध्यक्ष यादवले सरकारले अध्यादेशका कार्यसूची आफै फिर्ता लिनुमा आफुहरुको सरोकार नभएको जिकिर गरे ।

सरकारले जसपाले निर्णय नगरेको भन्दै अध्यादेशलाई स्वीकृतिका लागि निर्णयार्थ पेश गर्ने कार्यसूचीलाई बिहीबारको बैठकबाट हटाएको थियो । त्यसपछि शुक्रबार र आज बसेको बैठकमा पनि पेश गरेन ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ३ : ४० बजे

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –