४ पुस २०८२, शुक्रबार | December 19, 2025

पदको बार्गेनिङ गरेको कुरा पार्टीलाई बद्नाम गराउने प्रपोगाण्डा हो : उपेन्द्र यादव



काठमाडौंं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संसद बैठकमा अध्यादेश पेश गर्ने कार्यसूची बनाउने वित्तिकै पार्टीले यसबारे निर्णय गर्ने बताएका छन् ।

सिंहदरबारमा आइतबार संसदीय दल बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले आफ्नो दलले देश र जनताका हितमा मात्र सोचिरहेको बताए। ‘जुनबेला निर्णय काम लाग्छ त्यतिबेला न गर्ने हो, सरकारले कार्यसूचीमा राख्नेबित्तिकै निर्णय हुन्छ,’ उनले भने। उनले अध्यादेशबारे आफुहरुले विज्ञहरुसँग छलफल गरेको र उनीहरुको मिश्रित धारणा आएको बताए ।

यादवले सरकारसँग सत्ताको बार्गेनिङ गरेको कुरा पार्टीलाई बदनाम गराउने प्रोपोगान्डा मात्र भएको जिकिर गरे । यादवले भने, ‘यस्ता फोहोरी र फटाहा कुरा, प्रोपोगान्डाको कुरा नगरौं । हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं । हामीलाई मन्त्रालय चाहिएन, देश र जनताको हितमा काम चाहियो ।’

अध्यक्ष यादवले सरकारले अध्यादेशका कार्यसूची आफै फिर्ता लिनुमा आफुहरुको सरोकार नभएको जिकिर गरे ।

सरकारले जसपाले निर्णय नगरेको भन्दै अध्यादेशलाई स्वीकृतिका लागि निर्णयार्थ पेश गर्ने कार्यसूचीलाई बिहीबारको बैठकबाट हटाएको थियो । त्यसपछि शुक्रबार र आज बसेको बैठकमा पनि पेश गरेन ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ३ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको