८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

छविलाल जोशीलाई कारागार पठाउने जिल्ला अदालत रुपन्देहीको आदेश



रुपन्देही । जिल्ला अदालत रूपन्देहीले सुप्रीम सहकारीको रकम ठगी प्रकरणमा पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।

सोमबार थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई जिल्ला कारागार रूपन्देहीमा थुनामा पठाउने निर्णय गरेको हो। अदालतका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जोशी कारागार चलान भइसकेको जानकारी दिए।

यस प्रकरणमा सरकारी तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले बहस गरेका थिए भने जोशीको पक्षबाट अधिवक्ता मनोजकुमार चौधरी र अपुर्व खतिवडाले बहस गरेका थिए।

जोशीलाई समेत आरोपित बनाइएको यो ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतका अन्य व्यक्तिहरू थिए। उनीहरूले बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप लागेको थियो।

यही प्रकरणमा लामिछानेलाई अदालतले एक करोड धरौटी मागेको थियो। जोशी गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष थिए।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ८ : ३७ बजे

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ

२६ दिनपछि सोनम वाङचुकले तोडे आमरण अनशन

काठमाडौं । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत भारतीय अभियन्ता सोनम

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण