१२ बैशाख २०८३, शनिबार | April 26, 2026

भूमि अध्यादेश अस्वीकार गर्ने जसपा नेपाल र लोसपाको निर्णयपछि देउवा छलफलमा



काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाले भूमिसम्बन्धी अध्यादेशमा साथ नदिने निर्णयपछि सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् ।

जसपाले सरकारलाई समर्थन गरे पनि सत्तामा छैन । लोसपा भने सरकारमै सामेल छ । सरकारमै सामेल दल लोसपासँग राष्ट्रिय सभामा एक सिट भने जसपा नेपालसँग तीन सिट छ । यदि जसपा नेपाल र लोसपाले साथ नदिएमा सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश पारित हुने छैन । जसले गर्दा प्रधानमन्त्री केपी ओलीसहित कांग्रेस पनि नैतिक संकटमा पर्ने छ । यसै विषयमा छलफल गर्न गत १४औं महाधिवेशनमा आफूलाई सभापति निर्वाचित गराउन भूमिका खेलेका नेताहरुसँग देउवा निवास बूढानीलकण्ठमा छलफल भइरहेको छ ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान सिंह, डा।प्रकाशशरण महतलगायतका नेताहरु सहभागी भएको नेताहरुको भनाइ छ । कांग्रेसमै पनि भूमिसम्बन्धी अध्यादेशका विषयमा फरक फरक मत भएकाले देउवाले नेताहरूसँग छलफल थालेका हुन् ।
तर प्रधानमन्त्री केपी ओलीले भने सबै अध्यादेश दुवै सदनबाट स्वीकृत हुने दाबी गरेका छन् । बिहीबार राति साढे १ बजे एमाले बागमती प्रदेशका इन्चार्ज राजन भट्टराईसहित विभिन्न जिल्लाका इन्चार्जहरूले भेटेका थिए । प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी अध्यादेशसहित ६ वटै दुवै सदनबाट पारित हुने बताएका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १२ : ४१ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा