१० भदौ २०८३, बुधबार | August 27, 2026

रुपन्देहीमा आयो स्वास्थ्य कार्यालय र स्थानीय तहको फरक तथ्यांक, स्वास्थ्यले १६ थपिएको सुचना दिंदा बुटवलमा मात्र २० जना संक्रमित थपिए



बुटवल । पछिल्लो २४ घण्टामा बुटवलमा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बुटवल उपमहानगरपालिकाले दिएको जानकारी अनुसार बुटवलमा वार्ड नम्बर ६ मा सबै भन्दा बढी ५ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका संक्रमितहरुमा वार्ड नम्बर १५ मा ४ जना, वार्ड नम्बर १, ३, ११ र १३ मा २।२ जनामा तथा वार्ड नमबर ४, ५ र १९ मा १।१ जनामा संक्रमण पुष्टि भएको छ । बुटवलमा आजै १ जनाको मृत्यु भएको थियो । उपमहानगरमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

उता स्वास्थ्य कार्यालय रुपन्देहीले भने पछिल्लो २४ घण्टामा १६ जना मात्र जिल्लामा कोरोना संक्रमित थपिएको जानकारी दिएको छ । स्वास्थ्य कार्यालयका अनुसार १ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । बुटवल उपमहानगरमा ४ जना, सैनामैना नगरपालिकामा ९ जना, सिद्धार्थ नगर नगरपालिकामा २ जना र तिलोत्तमा नगरपालिकामा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयको बिज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य कार्यालयले ९७६ जना जिल्लमा संक्रमित पुगेको र ८ जनाको मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ६ : ०३ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट