२३ बैशाख २०८१, आइतबार | May 5, 2024

रुपन्देहीमा आयो स्वास्थ्य कार्यालय र स्थानीय तहको फरक तथ्यांक, स्वास्थ्यले १६ थपिएको सुचना दिंदा बुटवलमा मात्र २० जना संक्रमित थपिए



बुटवल । पछिल्लो २४ घण्टामा बुटवलमा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बुटवल उपमहानगरपालिकाले दिएको जानकारी अनुसार बुटवलमा वार्ड नम्बर ६ मा सबै भन्दा बढी ५ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका संक्रमितहरुमा वार्ड नम्बर १५ मा ४ जना, वार्ड नम्बर १, ३, ११ र १३ मा २।२ जनामा तथा वार्ड नमबर ४, ५ र १९ मा १।१ जनामा संक्रमण पुष्टि भएको छ । बुटवलमा आजै १ जनाको मृत्यु भएको थियो । उपमहानगरमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

उता स्वास्थ्य कार्यालय रुपन्देहीले भने पछिल्लो २४ घण्टामा १६ जना मात्र जिल्लामा कोरोना संक्रमित थपिएको जानकारी दिएको छ । स्वास्थ्य कार्यालयका अनुसार १ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । बुटवल उपमहानगरमा ४ जना, सैनामैना नगरपालिकामा ९ जना, सिद्धार्थ नगर नगरपालिकामा २ जना र तिलोत्तमा नगरपालिकामा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयको बिज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य कार्यालयले ९७६ जना जिल्लमा संक्रमित पुगेको र ८ जनाको मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ६ : ०३ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ