२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

फोनिज बाँकेको सातौँ अधिवेशनबाट अशोक थापा अध्यक्षमा निर्विरोध निर्वाचित



नेपालगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेको सातौँ अधिवेशनबाट अशोक थापाको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार नेपालगन्जमा सम्पन्न भएको जिल्लाको सातौँ अधिवेशनबाट थापा अध्यक्षतामा सर्वसम्मत रुपमा कार्यसमिति निर्वाचित भएका हुन् ।

थापाको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको प्रमुख निर्वाचन अधिकृत पूर्णलाल चुकेले जानकारी दिए । कार्यसमितको उपाध्यक्षमा सोम गुरुङ सचिवमा सुमन गिरी श्रेष्ठ, सहसचिवमा सुविता थारु र कोषाध्यक्षमा दीपक राई निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत चुकेले बताए ।

त्यसैगरी, सदस्यहरुमा क्रमशः राजकुमार चौधरी, निर्मला चौधरी, कमल थारु, मिलन चौधरी, वीरबहादुर राना र निरञ्जन राना निर्वाचित भएको उनले बताए ।

अधिवेशनलाई फोनिज लुम्बिनी प्रदेश अध्यक्ष गजेन्द्र गुरुङले एक कार्यक्रमबीच ब्यानर पढेर उद्घाटन गरेका थिए । उदघाटन सत्रलाई समबोधन गर्दै गुरुङले आदिवासी जनजाति पत्रकारहरुको क्षमता विकास तथा नेतृत्व विकासका लागि फोनिज राम्रो प्लेटफर्म भएको बताए ।

उनले पत्रकारिताका माध्यमबाट आदिवासी जनजातिका मुद्दाहरुलाई उठान गर्नुपर्ने, आआफ्ना जातीय रीतिरिवाज, भाषा, भेषभूषा, संस्कृति, संस्कार, चालचलन लगायतलाई समाजमा उजागर गर्नका लागि फोनिजकर्मीले विशेष कलम चलाउनुपर्ने धारणा राखे ।

फोनिज बाँकेका संस्थागत सचिव एवम् नेपालगन्ज उपमहानगरपालिकाका पूर्व उपप्रमुख उमा थापामगरले फोनिज आबद्ध पत्रकारहरुको गणितीय हिसावमा संख्यामा मात्र वृद्धि नगरार्ई पत्रकारिताबाट क्षमता विकास गर्नुपर्ने सुझाव दिइन् । पत्रकारिताकोे आचारसंहितामा रहेर इमान्दारीताका साथ फोनिजकर्मीहरुले कलमका माध्यमबाट समाजलाई सही ढङ्गबाट अगाडि बढाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिइन् ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पछिल्लो समयमा पत्रकारिताका नाममा विभिन्न विकृति फैलिरहेको भन्दै फोनिजकर्मीहरुले त्यसलाई चिरेर निष्ठाका साथ कलम चलाउनुपर्ने बताए ।

नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्मरबहादुर थापाले महासंघ र फोनिजबिच समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्ने भन्दै आदिवासी जनजातिका विभिन्न मुद्दाहरु उठाउनका लागि फोनिजले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रीया स्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष कमल डाँगी, प्रेस सेन्टर नेपालका अध्यक्ष चन्द्र बोहरा, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, फोनिज बाँकेका सल्लाहकारहरु पूर्णलाल चुके, शरण कर्माचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनका बीच पत्रकारिताका क्षेत्रबाट आदिवासी जनजाति समुदायको उत्थान तथा समाज र राष्ट्रका लागि योगदान पुर्‍याएको भन्दै कदरस्वरुप विविसी नेपाली सेवामा आबद्ध पत्रकार विमला चौधरी र देश सञ्चारमा आवद्ध पत्रकार राजकुमार (कुमार) श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ९ : ५५ बजे

तिनाउ सुनचाँदी पसल प्रकरण : बीमा रकम दाबी गर्न चोरीको नाटक, सञ्चालक नै मुख्य योजनाकार रहेको यसरी खुल्यो रहस्य

बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा

बुटवलमा विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता बिहीबारदेखि

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीले मदन भण्डारीको ७५ औँ

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा

सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा