९ पुस २०८२, बुधबार | December 24, 2025

१ सांसद अनुपस्थित हुँदा प्रतिनिधिसभा गणपुरक सङ्ख्या पुगेन, बैठक स्थगन



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । सञ्चालन भएको करिब ६ घण्टापछि गणपुरक सङ्ख्या अपुग हुँदा बैठक स्थगन भएको हो ।

‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले गणपुरक सङ्ख्या नपुगेको भनी गणना गर्न सभामुख देवराज घिमिरेलेसमक्ष आग्रह गरिन् । सभामुख घिमिरेले तीन मिनेटको जनाउ घण्टी बजाई गणपुरक सङ्ख्या यकीन गर्न सचिवालयलाई निर्देशन दिए । सो प्रस्ताव निर्णायार्थ पेस गर्न गणपुरक सङ्ख्या ६९ हुनुपर्नेमा सांसद्को सङ्ख्या ६८ रहेकाले गणपुरक सङ्ख्या नपुग भएको जनाउँदै आजको कार्यसूचीको बाँकी कार्यक्रम सूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी गराए ।

बैठकमा गृहमन्त्री रमेश लेखकले राखेको ‘नेपाल नागकिता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निणयार्थ पेस गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ५ गते अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : १२ बजे

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी