२३ असार २०८३, मंगलबार | July 8, 2026

पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादी बैठक स्थगित



काठमाडौं । संविधानसभा सदस्य एवं पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधनपछि एकीकृत समाजवादीको बिहीबारका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

सापकोटाको बिहीबार बिहान ५९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । उनी एकीकृत समाजवादीका बागमती प्रदेश सहइन्चार्ज पनि थिए ।
एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले बिहीबार बिहान ११ बजेबाट सुरु हुने तय भएको बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको बताए । बैठकका लागि नौवटा कार्यसूची तय गरिएको छ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू छन् ।

सापकोटालाई एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको आजै अन्त्येष्टि गर्ने भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ११ : ५५ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको