२० मंसिर २०८२, शनिबार | December 6, 2025

१२ दिनको उपचारपछि पोखरा फर्किए मेयर आचार्य



काठमाडौँ । पोखरा महानगरका मेयर धन राज आचार्य १२ दिनको उपचारपछि पोखरा फर्किएका छन् ।

यहि फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा प्राविधिक त्रुटिका कारण उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेलसँगै मेयर आचार्य जलनका कारण घाइते भई कीर्तिपुर बर्न अस्पतालमा भर्ना भई उपचाररत रहेका थिए ।

मन्त्री पौडेल केहि दिन अघि नै अस्पतालबाट डिस्चार्ज भएर हाल नियमित काममा फर्किसकेका छन् भने मेयर आचार्य आज डिस्चार्ज भएर पोखरा फर्किएका हुन् । उनले उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौँ लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार प्रति आभार व्यक्त गरेका छन् ।

आचार्यले जलनका कारण हुन सक्ने जोखिम तथा आवश्यक स्वास्थ्य सावधानी कडाइका साथ पालना गर्नुपर्ने बताउदै सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ५ : ३६ बजे

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी