११ श्रावण २०८३, सोमबार | July 27, 2026

सप्तरीमा थप सात दिन निषेधाज्ञा



सप्तरी । सप्तरीको तीन स्थानीय तहमा कोरोना सङ्क्रमणको विस्तारलाई रोकथाम र नियन्त्रण गर्न थप सात दिन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको छ ।

कोरोनाको सङ्क्रमण बढी देखिएको राजविराज नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा आगामी भदौ २२ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइने सोमबार निर्णय भएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सोमबार जारी गरेको सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम तीन स्थानीय तहमा अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जनाइएको छ ।

सङ्घीय सांसद, प्रदेशसभा सदस्य, राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा सोमबार बसेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा लगत्तै बसेको जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्दकुमार ठाकुरले बताए ।

सप्तरी जिल्लाभरि साउन २० गतेदेखि जारी गरिएको निषेधाज्ञा गए मध्यराति सकिन लागेको बेला बैठकले निषेधाज्ञाको क्षेत्र कम गर्दै तीन स्थानीय तहमा भने जारी राख्ने निर्णय गरेको हो ।

उक्त क्षेत्रमा अत्यावश्यक सेवाअन्र्तगतका खाद्यान्न, तरकारी र फलफूलका पसल बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र खोल्न पाइने छ । अन्य स्थानीय तहमा अत्यावश्यक सेवाअन्र्तगत पर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ ।

नेपाल सरकारले सञ्चालन गर्न रोक लगाएको बाहेकका पसल, सेवा र व्यवसाय स्वास्थ्य सतर्कता अपनाएर मात्र सञ्चालन गर्न पाइए पनि साप्ताहिक हाटबजार सञ्चालन गर्न नपाइने निर्णय भएको बैठकमा सहभागी नेकपाका प्रदेश सदस्य सुखराम यादवले बताए । रासस

 

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ११ : ५० बजे

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय