६ श्रावण २०८३, बुधबार | July 22, 2026

सुशासन प्रवर्द्धन अध्यादेश संसदबाट स्वीकृत



काठमाडौं । प्रतिनिधि सभामा विपक्षीदलका ७ सांसदले अस्वीकृतको प्रस्ताव गरेपनि प्रतिनिधिसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकले ध्वनीमतका आधारमा यो अध्यादेश स्वीकृत गरेको हो । यो अध्यादेशमा विपक्षी दलहरूको तर्फबाट ७ जना सांसदको अस्वीकृत गर्ने प्रस्ताव परेकोमा ती प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत गरेको हो ।

विपक्षी सांसदको प्रस्ताव अस्वीकृत भएलगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरे । जसलाई सभाले बहुमतले स्वीकृति प्रदान गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

अब सरकारलाई अध्यादेश प्रतिस्थापन गर्ने विधेयक ल्याउन बाटो खुलेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : ४५ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा