६ श्रावण २०८३, बुधबार | July 22, 2026

विद्यालयमा बौद्ध शिक्षा अध्ययन अध्यापन जरुरी



लुम्बिनी । रुपन्देहीका सामुदायिक र संस्थागत विद्यालयमा बौद्ध शिक्षा विषय अध्ययन अध्यापन गराउन प्रधानाध्यापकहरु एकमत भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले बुधबार लुम्बिनीमा आयोजना गरेको विद्यालयमा “विद्यालयमा बुद्ध शिक्षा” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले विद्यालयमा बौद्ध शिक्षासम्बन्धी अध्ययन अध्यापन अत्यावश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा बौद्ध अध्ययन संकायले बुद्ध शिक्षासम्बन्धी तयार पारेको कक्षा ७ र ८ को पाठ्यक्रम सम्बन्धमा बोल्दै उनीहरुले स्थानीय पालिकाले स्थानीयमा समावेश वा छुट्टै पाठ्यक्रम बनाएर लागू गरे आफुहरु तयार रहेको बताए ।

बुद्ध शिक्षा कार्यक्रम अन्तर्गत बौद्ध अध्ययन संकायले तयार पारेको कक्षा ७ र ८ को पाठ्यकमका विषयहरु प्रस्तुत गर्दै बौद्ध अध्ययन संकायका डीन डा। माणिक रत्न शाक्यले स्थानीय तहमा रहेको शैक्षिक संस्थामा गौतम बुद्ध र उनले दिएको शिक्षा विद्यार्थीलाई सिकाउने ध्येयले पाठ्यक्रम तयार पारिएको बताए । विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई नैतिकता र सदाचारको शिक्षा दिनका लागि बुद्ध शिक्षामा आधारित पाठ्यक्रम निर्माण गरिएको उनको भनाइ छ ।

विश्व विश्वविद्यालयका केन्द्रीय क्याम्पस प्रमुख डा। निरबहादुर गुरुङले समुदायको सकारात्मक रुपान्तरणका लागि बुद्ध शिक्षा अध्ययन जरुरी रहेको बताए । विश्व विद्यालयका सहायक प्राध्यापक कमल थापाले बुद्धको शिक्षा अपरिहार्य रहेकोमा जोड दिदै सबै मिलेर यसलाई विद्यालयस्तरमा लागू गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका सचिव चण्डी प्रसाद पाण्डेले स्थानीय पालिकासँग समन्वय गरी विद्यालयमा बुद्ध शिक्षा कार्यक्रमलाई अभियानकै रुपमा लैजान विश्वविद्यालयलाई सुझाव दिए ।

कार्यक्रममा भानु माविका प्रधानाध्यापक मोतिलाल सुवेदी, बेलहिया माविका प्रधानाध्यापक विना भण्डारी, पक्लिहवा माविका प्रधानाध्यापक बसन्त कुमार बस्नेत, सेमरी सामुदायिक माविका तिर्थ प्रसाद विश्वकर्मा, उपेन्द्र अधिकारी, उदय कुमार मल्लीक, खिमानन्द भुसाल लगायतले विश्वविद्यालयको प्रयासको प्रशंसा गर्दै कक्षा १ देखि नै बुद्ध शिक्षा सम्बन्धी पाठ्यक्रम लागू गर्नुपर्ने बताए ।

विद्यार्थीलाई भगवान गौतम बुद्धको जन्मस्थलबारे परिचय दिन, बुद्ध शिक्षाबारे जानकारी दिन र बौद्ध कला, साहित्य र संस्कृतिसम्बन्धी शिक्षा दिने उद्धेश्यले बौद्ध अध्ययन संकायले कक्षा ७ र ८ को पाठ्यक्रम तयार गरेको हो । यस क्षेत्रका विद्यालयहरुमा ऐच्छिक वा अनिवार्यरुपमा बुद्धको शिक्षा विषय कसरी पाठ्यक्रममा समावेश गराउन सकिन्छ भन्ने सन्दर्भमा अर्को चरणमा स्थानीय पालिका प्रमुख, शिक्षा शाखा र सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बौद्ध अध्ययन संकायले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ५ : ५४ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना