१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

बुटवलको सुख्खानगरबाट १० किलो गाँजा सहित १ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले बुटवलको सुख्खानगरबाट १० किलो लागु औषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा रम्भा गाउँपालिका वडा नं. ३ हुमिन स्थायी घर भएका ३५ वर्षिय गणेश कुँवर मगर रहेका छन् ।

सुख्खानगर धर्मपथमा लागुऔषध गाँजाको कारोबार हुँदै गरेको गोप्य सुचनाको आधारमा रुपन्देही प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले गाँजा सहित कुँवरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कुँवरको शरिर तथा उनी सुत्ने कोठा रितपुर्वक खानतलासी गर्दा लोवेड भित्र रातो जेव्रा झोला भित्र
निलो प्लाष्टिकमा खुल्ला तथा सानो पोका बनाई राखेको गाँजा एकै ठाउँमा मिसाई तौल गर्दा प्लाष्टिक बाहेक १० केजी र सोही गाजाँ बिक्री वितरण प्रयोजनका लागी राखिएको हाते काँटा (तराजु) बरामद भएको प्रहरप्ले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका कुँवरलाई लागुऔषध गाँजा कसूरमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट थप अनुसन्धानको कार्य भइरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ७ : ०६ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि