१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलको सुख्खानगरबाट १० किलो गाँजा सहित १ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले बुटवलको सुख्खानगरबाट १० किलो लागु औषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा रम्भा गाउँपालिका वडा नं. ३ हुमिन स्थायी घर भएका ३५ वर्षिय गणेश कुँवर मगर रहेका छन् ।

सुख्खानगर धर्मपथमा लागुऔषध गाँजाको कारोबार हुँदै गरेको गोप्य सुचनाको आधारमा रुपन्देही प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले गाँजा सहित कुँवरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कुँवरको शरिर तथा उनी सुत्ने कोठा रितपुर्वक खानतलासी गर्दा लोवेड भित्र रातो जेव्रा झोला भित्र
निलो प्लाष्टिकमा खुल्ला तथा सानो पोका बनाई राखेको गाँजा एकै ठाउँमा मिसाई तौल गर्दा प्लाष्टिक बाहेक १० केजी र सोही गाजाँ बिक्री वितरण प्रयोजनका लागी राखिएको हाते काँटा (तराजु) बरामद भएको प्रहरप्ले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका कुँवरलाई लागुऔषध गाँजा कसूरमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट थप अनुसन्धानको कार्य भइरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ७ : ०६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले