२४ भदौ २०८३, बुधबार | September 10, 2026

कपिलवस्तु ११ को जितसंगै सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनल समीकरण पुरा



सैनामैना । कपिलवस्तु ११ रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सैनामैना फुटबल रङ्गशालामा शनिबार भएको खेलमा फर्सीटिकर युथलाई ३-० गोलले पराजित गर्दै कपिलवस्तु सेमिफाइनलमा पुगेको हो ।

जितको लागि कपिलवस्तुको तर्फबाट मोहम्मद इन्द्रेशले २ गोल र विज्ञान गुरुङले १ गोल गरे ।

खेलको पहिलो हफमा गोल रहित बराबरीमा रोकिएको थियोे । दोस्रो हापको सरुवातमै कपिलवस्तु ११ का लागि जर्सि नम्बर १० का विदेशी खेलाडी मोहम्मद इन्द्रेशले जाली चुमाउन सफल भए । उनका लागि जर्सि नम्बर १४ का खेलाडी मिन प्रसाद मिदुनले एसिस्ट गरेका थिए । खेलको अधिकांश समय फर्साटिकरमाथि कपिलवस्तु ११ हावी भएको थियो ।

कपिलवस्तु ११ का लागि जर्सिका नम्बर ५ का खेलाडी विज्ञान गुरुङले ७५ औं मिनेट र ८१ औं मिनेटमा पुन: मोहम्मद इन्द्रेशले गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

फर्साटिकर युथका खेलाडीले बारम्बार गोल गर्ने अवसर चुकाउदा गोल्ड कपको उपाधि जित्ने सपना चकनाचुर भयो ।

फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आइतबारदेखि सेमिफाइनलका खेल सुरु हुँदैछ । सेमिफाइनलको पहिलो खेल भोलि आयोजक मुर्गिया फुटबल क्लब र अभिषेक चर्ज रजहर नवलपुरबीच दिउँसो ३ बजे खेल हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

मुर्गिया फुटबल क्लब, सैनामैना-४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । सुनगाभा पब्लिक स्कुल मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई नगद ४०-४० हजार प्रदान गर्ने आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ६ : ५१ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको