७ बैशाख २०८३, सोमबार | April 20, 2026

अभिषेक चर्ज रजहर सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा



सैनामैना । सैनामैना-४ सैनामैना फुटबल रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै फाइनलमा प्रवेश गरेको छ ।

जितको लागि अभिषेक चर्जको तर्फबाट मार्टिनेसले एक्लै २ गोल गर्दै फाइनलको लागि यात्रा तय गरेको छ ।

खेलको पहिलो हफमा गोल रहित बराबरीमा रोकिएको थियोे । दोस्रो हापको ६८ औं र ७८ औं मिनेटमा जर्सि नम्बरका ९ का विदेशी खेलाडी मार्टिनेसले गोल गर्न सफल भएका थिए । खेलको म्यान अफ दि म्याच बनेका मार्टिनेस नगद ५ हजार टर्फि र प्रमाणपत्र प्राप्त गरेका छन् ।

भोलिको दोस्रो सेमिफाइनल खेल महावीर क्लब काठमाडौं र कपिलवस्तु ११ कपिलवस्तुबिच दिउँसो ३ बजे खेल हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

मुर्गिया फुटबल क्लब, सैनामैना-४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

सुनगाभा पब्लिक स्कुल मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई नगद ४०–४० हजार प्रदान गर्ने क्लबका अध्यक्ष प्रबिन भारीले बताए । प्रतियोगिताको फाइनलखेल २८ गते हुनेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ६ : ५९ बजे

गृहमन्त्री गुरुङमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न कांगेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले गृहमन्त्री सुधन गुरुङमाथि

बुटवलमा जितगढी विजयोत्सवको भव्य स्मरण (फोटो फिचर)

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जितगढी विजय

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज

जितगढी विजयी उत्सव-२०८३

जितगढी विजयी उत्सव-२०८३

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम