२१ मंसिर २०८२, आइतबार | December 7, 2025

अभिषेक चर्ज रजहर सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा



सैनामैना । सैनामैना-४ सैनामैना फुटबल रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै फाइनलमा प्रवेश गरेको छ ।

जितको लागि अभिषेक चर्जको तर्फबाट मार्टिनेसले एक्लै २ गोल गर्दै फाइनलको लागि यात्रा तय गरेको छ ।

खेलको पहिलो हफमा गोल रहित बराबरीमा रोकिएको थियोे । दोस्रो हापको ६८ औं र ७८ औं मिनेटमा जर्सि नम्बरका ९ का विदेशी खेलाडी मार्टिनेसले गोल गर्न सफल भएका थिए । खेलको म्यान अफ दि म्याच बनेका मार्टिनेस नगद ५ हजार टर्फि र प्रमाणपत्र प्राप्त गरेका छन् ।

भोलिको दोस्रो सेमिफाइनल खेल महावीर क्लब काठमाडौं र कपिलवस्तु ११ कपिलवस्तुबिच दिउँसो ३ बजे खेल हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

मुर्गिया फुटबल क्लब, सैनामैना-४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

सुनगाभा पब्लिक स्कुल मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई नगद ४०–४० हजार प्रदान गर्ने क्लबका अध्यक्ष प्रबिन भारीले बताए । प्रतियोगिताको फाइनलखेल २८ गते हुनेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ६ : ५९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल