११ श्रावण २०८३, सोमबार | July 27, 2026

रुपन्देहीमा थपिए ७३ नयाँ संक्रमित, बुटवलमा मात्रै ३२ जना



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा कोरोना भाइरसका ७३ जना नयाँ संक्रमित थपिएका छन् ।

थपिएका मध्ये ३० जना महिला र ४३ जना पुरुष रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

बुटवल उपमहानगरपालिकामा १० महिला र २१ पुरुष थपिएका छन् । बुटवल उपमहानगरपालिका १९ वटा वडामा गरी हालसम्म ३३४ संक्रमित देखिएका छन् । ८२ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । २५२ जना संक्रमित उपचारकै क्रममा रहेका छन् ।

बुटवलपछि सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा थपिएकाछन् । तिलोत्तममामा नगरपालिकामा १० जना महिला र १० जना पुरुष थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, रोहिणी गाउँपालिकामा ७ महिला र ८ पुरुष थपिएका छन् । रोहिणीमा थपिएका संक्रमित एकैघरका हुन् । वडा नं. ३ को चैनपुरवाका ७३ वर्षीय पुरुषको मृत्युसंस्कारमा सहभागीहरुलाई कोरोना संक्रमण भएको हो । मृत्यु पछि अन्तिम संस्कारसम्म नजिकै रहेका ७३ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनेवास चौधरीले जानकारी दिएका छन् ।

यसैगरी, सिद्धार्थनगर नगरपालिकामा २ महिला र ३ पुरुष गरी ५ जना थपिएका छन् भने देवदहमा १ महिला थपिएका छन् । यस्तै, सियारी गाउँपालिकामा १ जना पुरुष थपिएका छन् ।

रुपन्देहीमा हालसम्म संक्रमितको संख्या १०७४ पुगेको छ । जसमध्ये १० जनाको मृत्यु भएको छ भने ४३५ जना निको भएर घर फर्किसकेका छन् । ६२६ जना सक्रिय संक्रमित उपचारकै क्रममा रहेका छन् ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ६ : ०६ बजे

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको