१ पुस २०८२, मंगलबार | December 16, 2025

रुपन्देहीमा थपिए ७३ नयाँ संक्रमित, बुटवलमा मात्रै ३२ जना



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा कोरोना भाइरसका ७३ जना नयाँ संक्रमित थपिएका छन् ।

थपिएका मध्ये ३० जना महिला र ४३ जना पुरुष रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

बुटवल उपमहानगरपालिकामा १० महिला र २१ पुरुष थपिएका छन् । बुटवल उपमहानगरपालिका १९ वटा वडामा गरी हालसम्म ३३४ संक्रमित देखिएका छन् । ८२ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । २५२ जना संक्रमित उपचारकै क्रममा रहेका छन् ।

बुटवलपछि सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा थपिएकाछन् । तिलोत्तममामा नगरपालिकामा १० जना महिला र १० जना पुरुष थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, रोहिणी गाउँपालिकामा ७ महिला र ८ पुरुष थपिएका छन् । रोहिणीमा थपिएका संक्रमित एकैघरका हुन् । वडा नं. ३ को चैनपुरवाका ७३ वर्षीय पुरुषको मृत्युसंस्कारमा सहभागीहरुलाई कोरोना संक्रमण भएको हो । मृत्यु पछि अन्तिम संस्कारसम्म नजिकै रहेका ७३ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनेवास चौधरीले जानकारी दिएका छन् ।

यसैगरी, सिद्धार्थनगर नगरपालिकामा २ महिला र ३ पुरुष गरी ५ जना थपिएका छन् भने देवदहमा १ महिला थपिएका छन् । यस्तै, सियारी गाउँपालिकामा १ जना पुरुष थपिएका छन् ।

रुपन्देहीमा हालसम्म संक्रमितको संख्या १०७४ पुगेको छ । जसमध्ये १० जनाको मृत्यु भएको छ भने ४३५ जना निको भएर घर फर्किसकेका छन् । ६२६ जना सक्रिय संक्रमित उपचारकै क्रममा रहेका छन् ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ६ : ०६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज