११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

नेपालमा हिन्दुराजा ल्याउन खोज्ने भारतीयहरुलाई शंकर पोखरेलको जवाफ- भारतमै ल्याए भयो !



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतमा नेपालमा हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गर्नुभन्दा भारतमा नै हिन्दु धर्मावलम्वी राजा र महाराजाहरुलाई पुनस्थापित गर्दा हुने सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका भारतीय नेता, धर्मगुरु र प्रशासकहरुलाई कटाक्ष गर्दै भारतमै हिन्दु धर्मावलम्वी राजा र महाराजाहरुलाई पुनस्थापित गर्दा हुने सुझाव दिएका हुन् ।

त्यस्तै महासचिव पोखरेलले भारतको संबिधानले त्यसो गर्न नदिने समेत बताउदै नेपालको हकमा पनि उस्तै भएको जवाफ दिएका छन् ।

उनले भनेका छन्-     

धार्मिक राज्य र हिन्दु राजाको सन्दर्भ

व्रिटिसहरुले भारतमा उपनिवेश चलाइरहदा ५५० भन्दा वढि रियासतहरुलाई आफ्नो अधिनमा राखेका थिए । तिनिहरुमा अधिकांशमा राजा, नवाव र महाराजाहरु थिए । त्यसमध्ये अधिकांश हिन्दु थिए । जसलाई विष्णुको अवतारका रुपमा मान्ने संस्कृती पनि थियो । सरदार वल्लवभाई पटेलले भारतिय स्वतन्त्रता पछि ती रियासतहरुलाई अन्त्य गरेका थिए ।

कतिपयले अधिनस्थता अस्विकार गरेपछि वलप्रयोगवाट भारतमा विलय गरिएको थियो । अहिले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरु नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका छन् । विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरु अस्तित्वमा रहेको वताउदै हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेका छन् । नेपालको पूर्वराजालाई त्यो सम्मान दिनु उचित हुने वताई रहेका छन् ।

उनीहरुको चिन्ता उनीहरुले भन्ने गरे जस्तै हो भने भारतमा नै ती हिन्दु धर्मावलम्वी राजा र महाराजाहरुलाई पुनस्थापित गर्दा भयो नि । तर त्यो सम्भव छैन । किनकी भारतिय सम्विधानले त्यसो गर्न दिदैन । नेपालको हकमा पनि त्यस्तै त हो नि । हैन र ?

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ८ : २२ बजे

सुकुम्वासी बस्ती हटाउने निर्णयप्रति एम्नेस्टीको आपत्ति, ‘जबरजस्ती निष्कासन रोक्न’ आग्रह

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले काठमाडौंका अव्यवस्थित बस्तीबाट सयौँ परिवारलाई हटाउने

गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा

काठमाडौँ । यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई

सार्क विकास प्रतिवेदनमा साझा सहमति

काठमाडौं । सार्क विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूले सहमति जनाएका छन्

पूर्वराजा ज्ञानेन्द्र पोखरामा

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिना बसाईका लागि पोखरा

व्यवसायीमाथि बढ्दो पक्राउप्रति निजी क्षेत्र आक्रोशित, ‘पहिले सुन, अनि मात्र थुन’

काठमाडौं । मुलुकका प्रमुख तीन निजी क्षेत्रका छाता संगठनहरूले पछिल्लो