४ पुस २०८२, शुक्रबार | December 20, 2025

खजुरामा कायम कांग्रेस-माओवादी गठबन्धन तोडियो



खजुरा । संघीय सरकारमा गठबन्धन फेरिएपनि बाँकेको खजुरामा चुनावमा गरिएको कांग्रेस-माओवादी गठबन्धन कायम रहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले बधाई दिएको १ महिना नपुग्दै कांग्रेसले चुनाव यता कायम रहेको गठबन्धन तोडिएको घोषणा गरेको छ । कांग्रेस ३ नम्बर निर्वाचन क्षेत्रीय समितिको बैठकले खजुरामा कायम रहेको कांग्रेस-माओवादी गठबन्धन तोड्ने निर्णय गरेको हो ।

पार्टीले गठबन्धन तोड्ने निर्णय भएसँगै खजुरा गाउँपालिकामा गठन भएको २ दलिय सल्लाहकार पदबाट कांग्रेस खजुरा गाउँ समितिका सभापति रमेश सिंजालीले राजीनामा दिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालबाट राजीनामाको घोषणा गरेका हुन् । संघमा गठबन्धन फेरिएपनि खजुरा गाउँपालिकामा भने कांग्रेस-माओवादीको चुनावी गठबन्धनमा जारी संयुक्त घोषणापत्रलाई आधार बनाउँदै गठबन्धन कायम रहेको थियो ।

स्रोतका अनुसार कक्षा ८ को परीक्षामा कांग्रेसले मागे बमोजिम परीक्षा केन्द्र स्थापना हुन नसकेपछि पार्टीले गठबन्धन तोड्ने निर्णय गरेको हो । कांग्रेस निकट शिक्षक तथा व्यवस्थापन समितिका अध्यक्षहरुले परीक्षा केन्द्र नघटाउन र पूर्वाधार नभएका विद्यालयहरुमा पनि केन्द्र तोक्ने पालिका स्तरको परीक्षा समितिलाई दवाव दिँदै आएको स्रोतको दाबी छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले पालिका भित्र भएका स्वबियु, खानेपानी, सहकारी जस्ता चुनाव लड्दा संघीय गठबन्धन गर्नेहरुले पालिकामा गठबन्धन तोडेको घोषणा गर्नुको अर्थ नभएको बताए । उनले चुनावका लागि गरिएको गठबन्धन चुनाव सकिएसँगै सकिएको बताए । अध्यक्ष विकले यद्देपी पालिकामा विकास निर्माणमा सबै दलबीच सहकार्य र सहमति कायम गर्न आफ्नो प्रयत्न जारी रहने जनाए । सल्लाहकारको राजीनामा पालिकामा नआएको बताउँदै उनले पालिकाको समृद्धिका लागि आफुले सबैको साथ खोजेको स्पष्ट पारे ।

चुनावमा जारी संयुक्त घोषणापत्र बमोजिम उपलब्धी हासिल नभएपछि गठबन्धन तोड्नु परेको कांग्रेस पालिका सभापनि सिंजालीले बताए । उनले अहिले सम्म पालिकाले गरेका राम्रा नराम्रा कामको जिम्मा कांग्रेसले लिएपनि अव पालिकाले गर्ने कमजोरीको जिम्मा कांग्रेसले नलिने बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ९ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको