२४ भदौ २०८३, बुधबार | September 10, 2026

खजुरामा कायम कांग्रेस-माओवादी गठबन्धन तोडियो



खजुरा । संघीय सरकारमा गठबन्धन फेरिएपनि बाँकेको खजुरामा चुनावमा गरिएको कांग्रेस-माओवादी गठबन्धन कायम रहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले बधाई दिएको १ महिना नपुग्दै कांग्रेसले चुनाव यता कायम रहेको गठबन्धन तोडिएको घोषणा गरेको छ । कांग्रेस ३ नम्बर निर्वाचन क्षेत्रीय समितिको बैठकले खजुरामा कायम रहेको कांग्रेस-माओवादी गठबन्धन तोड्ने निर्णय गरेको हो ।

पार्टीले गठबन्धन तोड्ने निर्णय भएसँगै खजुरा गाउँपालिकामा गठन भएको २ दलिय सल्लाहकार पदबाट कांग्रेस खजुरा गाउँ समितिका सभापति रमेश सिंजालीले राजीनामा दिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालबाट राजीनामाको घोषणा गरेका हुन् । संघमा गठबन्धन फेरिएपनि खजुरा गाउँपालिकामा भने कांग्रेस-माओवादीको चुनावी गठबन्धनमा जारी संयुक्त घोषणापत्रलाई आधार बनाउँदै गठबन्धन कायम रहेको थियो ।

स्रोतका अनुसार कक्षा ८ को परीक्षामा कांग्रेसले मागे बमोजिम परीक्षा केन्द्र स्थापना हुन नसकेपछि पार्टीले गठबन्धन तोड्ने निर्णय गरेको हो । कांग्रेस निकट शिक्षक तथा व्यवस्थापन समितिका अध्यक्षहरुले परीक्षा केन्द्र नघटाउन र पूर्वाधार नभएका विद्यालयहरुमा पनि केन्द्र तोक्ने पालिका स्तरको परीक्षा समितिलाई दवाव दिँदै आएको स्रोतको दाबी छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले पालिका भित्र भएका स्वबियु, खानेपानी, सहकारी जस्ता चुनाव लड्दा संघीय गठबन्धन गर्नेहरुले पालिकामा गठबन्धन तोडेको घोषणा गर्नुको अर्थ नभएको बताए । उनले चुनावका लागि गरिएको गठबन्धन चुनाव सकिएसँगै सकिएको बताए । अध्यक्ष विकले यद्देपी पालिकामा विकास निर्माणमा सबै दलबीच सहकार्य र सहमति कायम गर्न आफ्नो प्रयत्न जारी रहने जनाए । सल्लाहकारको राजीनामा पालिकामा नआएको बताउँदै उनले पालिकाको समृद्धिका लागि आफुले सबैको साथ खोजेको स्पष्ट पारे ।

चुनावमा जारी संयुक्त घोषणापत्र बमोजिम उपलब्धी हासिल नभएपछि गठबन्धन तोड्नु परेको कांग्रेस पालिका सभापनि सिंजालीले बताए । उनले अहिले सम्म पालिकाले गरेका राम्रा नराम्रा कामको जिम्मा कांग्रेसले लिएपनि अव पालिकाले गर्ने कमजोरीको जिम्मा कांग्रेसले नलिने बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ९ : २७ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको