५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

बाग्मती प्रदेशले आफ्नो मातहत नरहेका जिल्लाका अस्पताल स्तरोन्नति गर्ने



बाग्मती । बाग्मती प्रदेश सरकारले आफ्नो मातहत नरहेका जिल्लामा भएका साना अस्पताललाई स्तरोन्नति गर्ने भएको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहमार्फत रहेका अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । हाल प्रदेशका आठ जिल्लामा मात्र प्रदेश मातहतका अस्पताल छन् ।

दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र चितवनमा प्रदेश मातहतमा अस्पताल छैनन् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन व्यवसायीको इजाजत नवीकरण तथा जरिवाना/विलम्ब दस्तूरमा छुट दिने निर्णयसमेत गरेको छ ।

बैठकले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश राजपत्र प्रकाशनसम्बन्धी (पहिलो संसोधन) निर्देशिका २०७७ र दुग्ध पाउडर प्लान्ट निर्माणका लागि जग्गा भोगचलन गर्न बनेको विधेयक स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिए ।

यसैगरी महिला विकास प्रशिक्षण केन्द्र ललितपुरको संरचना प्रदेश मातहत ल्याउने र प्रदेश मातहत रहने आयोजनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले जानकारी दिए । रासस

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ६ : ४१ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन