२३ बैशाख २०८१, आइतबार | May 5, 2024

काठमाडौं उपत्यकामा भदौ २४ गतेसम्म थपियो निषेधाज्ञा, के गर्न पाइन्छ के पाईंदैन ?



काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा लम्बिएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रालयसँग छलफल पछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि गत भदौ ३ गतेदेखि निषेधाज्ञा लाग्दै आएको थियो ।

एक एक हप्ता लगाईंदै आएको निषेधाज्ञा बुधबार राति १२ बजेबाट सकिँदैछ । यसपटकको निषेधाज्ञामा केही सेवा सञ्चालन थप भएका छन् ।

यसपटक होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई खुल्ला गरिएको छ । निर्माण सामग्री ढुवानीका गाडीमा अवरोध नगरिने भएको छ । यस्तै, स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ । तर, त्यसका लागि कारखाना भित्रै मजदुर राख्नुपर्नेछ ।

यस्तै, भन्सार तिरेका गाडी र मोटरसाईकललाई काठमाडौं उपत्यकामा ल्याउन छुट गरिएको छ ।

यसअघि अत्यावश्यक सेवाका औषधी र खाद्यवस्तु खरिदमा रोक लगाइएको थिएन । तर, बिहान ९ बजेसम्म मात्र खाद्य तथा तरकारी पसलहरु मात्र खुल्न दिइएको थियो ।

अत्यावश्यक काममा घर बाहिर निस्किनेले अनिवार्य मास्क लगाउनुपर्ने नियम लगाइएको थियो ।

सरकारी एवं अत्यावश्यक कार्यालयका कर्मचारीहरुका लागि बिहान ९ बजेदेखि १ः३० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्मका लागि मात्रै छुट दिइएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ५ : २३ बजे

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन