६ श्रावण २०८३, बुधबार | July 22, 2026

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ



काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट करिब रु २५ करोड २२ लाख ४५ हजार बराबरको विदेशी मुद्रा बरामद गरेको छ । राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमय दरअनुसार उक्त मूल्य बराबरको विदेशी मुद्रा बरामद गरेको हो ।

ठूलो परिमाणमा अमेरिकी डलरसहितका विदेशी मुद्रा राजस्व छली गरी ओसारपसार तथा कारोबार गरेको सूचनाका आधारमा कार्यालयबाट खटिइएको टोलीले सोमबार बेलुका टोखा नगरपालिकास्थित झोरबाट उक्त रकम बरामद गरेको हो ।

ना ७ ख १६५१ नंको मालवाहक ट्रकको चालक बस्ने ठाउँमा ‘फल्सबटम’ बनाई लुकाईछिपाई ल्याएको अवस्थामा सवारी चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका ४३ वर्षीय कुसाङ लामासहित पक्राउ गरिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

बरामद गरिएको विदेशी मुद्रामा अमेरिकी डलर एक सय दरका तीन हजार ११९ थान, अमेरिकी डलर ५० दरका १७९, युरो ५०० दरका ११ थान, युरो २०० दरका ४८०, युरो १०० दरका चार हजार १४८ थान, युरो ५० दरका १७ हजार १७७ थान रहेको कार्यालयले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

बरामद गरिएका विदेशी मुद्रासहित निजलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ११ : ४९ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९