३१ भदौ २०८३, बुधबार | September 16, 2026

सप्तरीमा एकै परिवारका ६ सहित थपिए १५ नयाँ संक्रमित



सप्तरी । सप्तरीमा बुधबार एकै परिवारका ६ जनासहित १५ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये जिल्लाको कञ्चनरुप नगरपालिका ६ का एकै परिवारका एक महिलासहित ६ जना छन् ।

सोही नगरपालिका वडा नं. ७ का एक महिलासहित तीन जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ का चार तथा राजविराज नगरपालिका ४ का एक जनामा समेत कोरोना संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार ती सबैको गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण देखिएको हो ।

योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ८ सय २३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ५ : ४६ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०