२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

नागरिक उन्मुक्ति केन्द्रीय समितिको बैठक आज पनि



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । प्रथम महाधिवेशन सम्पन्न भएपछि हिजोबाट सुरू भएको पहिलो केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको हो ।

मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बसिरहेको बैठकमा संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठलगायत समसमायिक राजनीतिक बिषय र अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दीका बारेमा धारणा राख्दै सम्बोधन गरेका थिए ।

बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको छ ।

साथै, पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरूपनि केन्द्रीय समिति बैठकमा बस्नेछन् ।

आज केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि जवाफ दिएर बैठक आजै सकाउने तयारी रहेको छ ।

उन्मुक्तिको पहिलो महाधिवेशन गत वर्ष पुस २६-२८ गतेसम्म कैलालीको टिकापुरमा सम्पन्न भएको थियो । पहिलो महाधिवेशनले रेशम चौधरीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरे पनि अदालतको आदेशका कारण उनी पदमुक्त हुनु परेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ७ : ४१ बजे

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदबाट हटाइएका छन् ।

माइतीघरमा भूमिहीन सुकुम्बासीको प्रदर्शन

काठमाडौं । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले जबरजस्ती उठीबास र