६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

मापदण्ड विपरित अस्पताल चलाउने उमेश साह पक्राउ



रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगर स्थित आनन्द अस्पताल तथा एक्युपञ्चर सञ्चालक डाक्टर उमेशप्रसाद साह पक्राउ परेका छन्।

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ईलाका प्रहरी कार्यालय शिवनगरका इन्चार्ज सई बब्लुकान्त झाको नेतृत्वमा गएको टोलीले उनलाई अस्पतालबाटै पक्राउ गरेको हो।

पक्राउ परेका डाक्टर साहलाई तत्कालै आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौर तर्फ झिकाइएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्। अस्पताल सञ्चालक लाई नियन्त्रणमा लिएर अनुसन्धानपछी कानुन बमोजिम कारवाही गरिने एसपी घिमिरेले जानकारी दिए ।

मुख्यमन्त्री सिंहले दुईसाता अघि अनुगमनको क्रममा आनन्द अस्पताल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएपछि  बन्द गर्न निर्देशन दिएका थिए । मापदण्ड पुरा गरेपछि मात्र अस्पताल सञ्चालन गर्ने भनी मुख्यमन्त्री सिंहले दिएको निर्देशनलाई अस्पतालका सञ्चालक डा. साहले अटेरी गरी निर्बाध रुपमा अस्पताल सञ्चालन गर्दै आएका थिए।

नियमानुसार व्यवस्थापन नहुन्जेलसम्म पुरानो विरामीलाई अन्य अस्पतालमा राखेर उपचार गर्ने तथा आनन्द अस्पतालले उपचार खर्च दिनुपर्नेगरि मुख्यमन्त्रीले निर्देशन दिएका थिए ।

मुख्यमन्त्री सिंहले गरेको अनुगमनको क्रममा शिवनगर, गरुडा, र चन्द्रपुरमा मापदण्ड बिपरित सञ्चालनमा रहेको डेढ दर्जन अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका थिए।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  २ : ३६ बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा