५ श्रावण २०८३, मंगलबार | July 22, 2026

प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलहरूको अवरोध, भोलिसम्म बैठक स्थगित



काठमाडौं । प्रतिनिसभाको दोस्रो बैठकमा पनि विपक्षी दलहरुले अवरोध गरेका छन् ।

दोस्रो बैठकको कार्यप्रारभ्भ हुनेवित्तिकै प्रतिपक्षी सांसदहरु उठेर कुलमान घिसिङमाथि गरिएको कारवाहीबारे प्रधानमन्त्री रोस्टममा आएर जवाफ दिनुपर्ने माग राखेका छन् । उनीहरुले प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक अघि बढ्न नसक्ने जिकिर गरे ।

सभामुख देवराज घिमिरेले बस्नका लागि आग्रह गरेर बैठक संचालनको वातावरण बनाउन आग्रह गरे । तर सभामुखको आग्रह अनुसार सांसदहरु आआफ्नो सीटमा नबसेपछि बैठक भोलि १४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

यसअघि आजै बिहान ११ बजे बसेको बैठकमा पनि प्रतिपक्षी दलहरुले अवरोध गरेका थिए । त्यसपछि बैठक आधा घण्टाका लागि भन्दै स्थगित भएको थियो ।

संसद भवनबाट बाहिर निस्कँदै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले कुलमानबारे प्रधानमन्त्रीले रोष्टमबाट जवाफ दिनुपर्ने र सो जवाफ चित्तोबुझ्दो नभए पुनः अवरोध हुने बताएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ३ : २१ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं