८ पुस २०८२, मंगलबार | December 23, 2025

तीनकुनेमा मण्डले अराजकताको पराकाष्ठा भएको छ : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा राजावादीहरुले अराजकता फैलाउन प्रयास गरेको बताएका छन् ।

शुक्रबार भृकुटीमण्डमा आयोजित समाजवादी मोर्चाको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले वातावरणलाई धमिल्याउन चाहने मण्डलेहरुले उत्तेजित र आतंकित पार्ने मनासाय देखाएको बताएका हुन् ।

‘तीनकुनेमा मण्डले अराजकताको पराकाष्ठा भएको छ । त्यो सबै निरंकुशतावादीको प्रतीक भएको छ । घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुंगा हानेका छन् । उनीहरुले मान्छे मरोस् भन्ने चाहेका छन् ।’, प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी समेत दिए । उनले भने, ‘विगतमा उनले धेरै गल्ती गरे,’ प्रचण्डले भने, ‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । खबरदार ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : ४४ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको