२८ आश्विन २०८३, बुधबार | October 14, 2026

पीएम कप : उपाधिका लागि पुलिस र आर्मी भिड्दै



बुटवल । प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज भिडन्त हुँदैछ । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब उपाधि रक्षा गर्ने होडमा छन् । पुलिस साविक विजेता समेत हो ।

सिद्धार्थ क्रिकेट रंगशालामा विहान ९ बजेदेखि फाइनल खेल सुरु हुनेछ । आर्मीको कप्तानी विनोद भण्डारीले गर्दै छन् भने पुलिसको कप्तानमा दिपेन्द्रसिंह ऐरी छन् ।

दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए । आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएको थियो ।

२०१७ देखि सुरु प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुईपटक उपाधि जितेको छ । आर्मीले एकपटक मात्रै उपाधि हात पारेको छ । गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो । आर्मी यसपटक त्यो बदला लिन चाहन्छ । तर, राम्रो लयमा रहेको पुलिस आर्मीमाथि लगातार जित निकाल्ने दाउमा छ।

प्रधानमन्त्री कपमा खेलेका ९ खेलमध्ये यी दुबै टिमले ८-८ खेल जितेका छन् । आर्मीले भने आफ्नो अन्तिम खेलमा पुलिसलाई हराएको थियो । फाइनल पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ ।

पहिलोपटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशका भएका हुन् । भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल भएका थिए । कुल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भएर अन्तिम उपाधि प्रतिस्पर्धा हुंदैछ । फागुन २५ देखि सुरु यस सिजनको प्रधानमन्त्री कपको आज समापन हुनेछ । उपाधि रक्षाका लागि दुवै टिमले आन्तरिक रणनीति बनाएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ८ : १५ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका