१७ माघ २०८२, शनिबार | January 31, 2026

रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय युवाबीच ललितपुरको पुल्चोकमा झडप



काठमाडौं । प्रशासनको अनुमति विना रातो मत्स्येन्द्रनाथको रथ तानिएपछि ललितपुरको पुल्चोकमा स्थानीयबासिन्दा र प्रहरीबीच झडप भएको छ ।

निषेधाज्ञाको बीचमा ठूलो समुह जम्मा भै स्थानीय युवाहरुको पहलमा रथ तान्न थालेपछि प्रहरीले रोकेको थियो । तर, रथ तान्न रोकेको भन्दै युवाहरुले विरोध गरेपछि झडप नै भएको थियो । झडपमा उत्रिएका स्थानीय युवाहरुमाथि प्रहरीले पानीको फोहोरा हानेको छ ।

त्यसक्रममा प्रहरीले केही सेल अश्रुग्यांस पनि प्रहार गरेको छ । प्रहरीको प्रतिकारमा युवाहरुले ढुंगामुढा गरेका थिए ।

भिडभाड नगर्न आग्रह गर्दै रथ रोक्न अनुरोध गर्दा स्थानीयले अटेर गरेपछि झडप भएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताएका छन् ।

कोरोना महामारीका कारण बढिरहेको संक्रमण रोक्न भन्दै सरकारले निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाको अवधीमा ठूलो संख्यामा युवाको भिड जम्मा भएपछि प्रहरीले अवरोध गरेको थियो ।

अहिले पुल्चोक क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । भिडलाई तितरबितर बनाएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  २ : ०८ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले