२२ मंसिर २०८२, सोमबार | December 8, 2025

आफ्नो सांसदको रिहाइको माग गर्दै नेपालगन्जमा प्रदर्शन



नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धवलशम्सेर राणाको रिहाईको माग गर्दै उनका समर्थकहरुले नेपालगन्जमा प्रदर्शन गरेका छन् । राजा तथा हिन्दु राष्ट्र समर्थकले बनाएको जिल्लास्तरीय आन्दोलन परिचालन समितिको अगुवाईमा नेपालगन्जमा प्रदर्शन गरिएको हो ।

नेपालगन्जको सुर्खेतरोडमा भएको प्रदर्शन नाराबाजीसहितको धम्बोझीमा पुगेर कोणसभामा परिणत भएको थियो । धम्बोझीचोकमा प्रदर्शनकारीले टायर बालेर केहीबेर सडक अवरुद्ध समेत गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै जिल्लास्तरीय आन्दोलन परिचालन समितिका संयोजक नरेन्द्र पौडेलले पक्राउ परेका नेताहरुलाई बिना शर्त रिहाई नगरे आन्दोलन चर्काउने चेतावनी दिए ।

कोणसभामा नेपाल शिवसेनाका महासचिव मंगल जीएम, राजावादी नेता तेजबिक्रम शाहलगायत बोलेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ५ : १७ बजे

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको