१४ असार २०८३, आइतबार | June 28, 2026

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । दिउँसो ३ बजेपछि बैठक सुरु भएको हो ।

बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

यसैगरी राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने रिक्त एक पदका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओली सो पदमा अर्थमन्त्री युवराज खतिवडालाई ल्याउन चाहन्छन् ।

ओली इतरका नेताहरु भने उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याउने फागुनको निर्णय कार्यावयन हुनुपर्ने जिकिर गर्छन् ।

बैठकअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकघन्टा छलफल भएको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ३ : ५८ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली