२ पुस २०८२, बुधबार | December 17, 2025

२४ घण्टामा ६ जनाको मृत्यु, देशभर मृत्यु हुनेको संख्या २५७ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह जारी गरेको पछिल्लो अपडेट अनुसार देशभरका विभिन्न अस्पतालहरुमा ६ जनाको मृत्यु भएको हो ।

४ जना महिला र २ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

चितवन र भक्तपुरका ४०, ४० वर्षीया महिला, तनहुँकी ९२ वर्षीया महिला र रुपन्देहीकी ७७ वर्षीया महिलाको मृत्यु भएको हो । यस्तै, सिन्धुपाल्चोकका ७७ वर्षीय र रुपन्देहीका ६५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

यससँगै हालसम्म देशभर २५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो मृत्युदर कुल संक्रमितको ० दशमलव ६ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ४ : ४५ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका