१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

२४ घण्टामा ६ जनाको मृत्यु, देशभर मृत्यु हुनेको संख्या २५७ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह जारी गरेको पछिल्लो अपडेट अनुसार देशभरका विभिन्न अस्पतालहरुमा ६ जनाको मृत्यु भएको हो ।

४ जना महिला र २ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

चितवन र भक्तपुरका ४०, ४० वर्षीया महिला, तनहुँकी ९२ वर्षीया महिला र रुपन्देहीकी ७७ वर्षीया महिलाको मृत्यु भएको हो । यस्तै, सिन्धुपाल्चोकका ७७ वर्षीय र रुपन्देहीका ६५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

यससँगै हालसम्म देशभर २५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो मृत्युदर कुल संक्रमितको ० दशमलव ६ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ४ : ४५ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से