६ बैशाख २०८३, आइतबार | April 19, 2026

हिंसात्मक र आपराधिक गतिविधिका दोषीलाई कारबाही गर्न जसपा अध्यक्ष यादवको माग



भक्तपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

आज रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको पत्रकार सञ्चार संवाद कार्यक्रममा उनले कुनै पनि बाहनामा हुने आपराधिक र हिंसात्मक कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

अध्यक्ष यादवले भने, “लोकतन्त्रमा सबैले आ–आफ्नो विचार राख्न र बोल्न पाउने अधिकार छ तर चैत १५ गते राजतन्त्र फर्काउने नाममा भएको हत्या, आगजनी र तोडफोडले लोकन्तान्त्रिक पद्धतिको खिल्ली उडाएको छ । त्यसदिन भएका सबै गतिविधि हिंसात्मक एवं आपराधिक भएकाले दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

एकात्मक राज्य व्यवस्थाको अन्त्य गर्दैै लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको अवस्थामा फेरि एकात्मक शासन र हिन्दू राज्यसहितको राजतन्त्र स्थापना गर्नेहरूलाई सल्बलाउन नदिन राजनीतिक दल पनि सच्चिनुपर्ने उनको भनाइ थियो ।

लोकतान्त्रिक गणतन्त्र स्थापनापछि जनताले अपेक्षा गरेअनुसार राजनीतिक दलले सत्ताको बागडोर सम्हाले पनि जनताको चाहनाअनुसार काम हुन नसक्दा दलप्रति आक्रोस बढेको अध्यक्ष यादवले जिकिर गरे । “सङ्घीय सरकारले नै सङ्घीयताको सबल कार्यान्वयनमा अवरोधको भूमिका निर्वाह गरेको छ । प्रदेशलाई प्रदान गरिएका अधिकारमा रोक लगाएको छ । प्रहरी समायोजन, कर्मचारी समायोजन ऐनलगायत विभिन्न विषय अल्झाएर काम गर्न असक्षम बनाएको छ”, उनको आरोप थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ८ : २२ बजे

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम

वीरगञ्जमा मेनरोड विस्तार सुरु, बिहानैदेखि डोजर अभियान

वीरगञ्ज । वीरगञ्जमा त्रिभुवन राजपथ अन्तर्गतको मुख्य सडक (मेनरोड) विस्तार

रोशी खोलामा बाढीपछि बीपी राजमार्ग अवरुद्ध, यात्रा नगर्न आग्रह

काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

सिरहा । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

बागमती । बागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज अलग अलग