१६ पुस २०८२, बुधबार | December 31, 2025

शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहोराको निधनप्रति संसद्ले शोक प्रस्ताव पारित गरेको छ । काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएका बोहोराको निधनप्रति शोकप्रस्ताव पारित गरी प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।

यो चालु हिउँदे अधिवेशनको अन्तिम बैठक हो । मंगलबार राति १२ बजेबाट हिउँदै अधिवेशन अन्त्य हुँदै छ । कोरोनापछि बोहोराको घाँटीमा समस्या आएको थियो । ७४ वर्षको उमेरमा निधन भएको हो ।

बोहोरा ०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।

बोहोरा ०३८ सालमा पञ्चायती व्यवस्थामा पहिलोपटक बालिग मताधिकारका आधारमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा रूपन्देहीबाट सदस्य निर्वाचित भएका थिए । उनी ०४३ मा पनि रूपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए ।

उनी ०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनमा रूपन्देही-२ बाट निर्वाचित भएका थिए । ०३८ सालमा पहिलोपल्ट सहायक मन्त्री बनेका थिए । त्यसपछि राज्यमन्त्री हुँदै मन्त्री बनेका थिए । उनी ०४०, ०४३, ०४४, ०६७, ०७२, ०७३ र ०७४ मा मन्त्री बने ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १२ : ५३ बजे

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व

बुटवल सडक खाना महोत्सव-२०८२ सुरु, संस्कृति, स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन

शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या

काठमाडौं । शितलहरका कारण निर्माणाधिन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको