७ पुस २०८२, सोमबार | December 23, 2025

राप्रपाले पाएन भृकुटीमण्डप, प्रशासनले भन्यो – ‘सिफल चौर वा बल्खु क्षेत्रमा कार्यक्रम गर’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते काठमाडौंको भृकुटीमण्डपमा आमसभा गर्न जिल्ला प्रशासन कार्यालयले नदिने भएको छ । राप्रपाले भृकुटीमण्डपमा आमसभा गर्न मागेको अनुमति माग्नु पहिले नै ‘बुकिङ’ भइसकेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्थान दिन अस्वीकार गरेको छ।

राप्रपाले आमसभा गर्न अनुमति मागेको पत्र चैत २२ गते शुक्रबार अपराह्न ४ः२१ बजे इमेलमार्फत प्राप्त भएकोमा चैत २६ गते भृकुटीमण्डपमा आमसभा गर्न सुरक्षा संवेदनशिलताका हिसाबले उपयुक्त नभएको प्रशासनले जवाफ दिएको छ ।

भृकुटीमण्डपमा अन्य आन्दोलनका कार्यक्रमहरू (शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रम लगायत पूर्व निर्धारित कार्यक्रम) पनि भइरहेकाले सुरक्षा संवेदनशिलताका हिसाबले हाललाई भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्न उपयुक्त नहुने प्रशासन कार्यालयको पत्रमा उल्लेख छ।

प्रशासन कार्यालयले जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा राप्रपालाई आमसभा आयोजना गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १० : ०५ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत