४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल कुन अदृष्य शक्तिले चल्न दिएन ? : निजी क्षेत्र



बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र आक्रोशित बनेको छ । सरकारले गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनका लागि कुनै कसर बांकी नराखेको दावी गरेपनि परिणाम नदेखिएको भन्दै निजी क्षेत्रले विमानस्थल सञ्चालन हुन नदिने अदृष्य शक्ति को हो ? भन्ने प्रश्न गरेको छ ।

निजी क्षेत्रका लुम्बिनी प्रदेश स्तरीय संघसंस्थाहरुले सोमबार संयुक्त बक्तब्य जारी गर्दै ‘कुन अदृष्य शक्तिले लुम्बिनी प्रदेशको सम्मृद्धिको आधारको रुपमा स्थापना भएको गौतमबुद्ध विमानस्थल सञ्चालन हुन रोकिरहेको छ ?, त्यस्ता अवरोधहरु छिचोल्न निजी क्षेत्रका तर्फबाट सरकारलाई कस्तो खालको सहयोगको आवश्यकता परेको हो ?’ भन्दै उनीहरुले सरकारलाई प्रश्न गरेका छन् ।

विज्ञप्तिमा विमानस्थल सञ्चालनका लागि तदारुकता देखाएको भनेपनि सरकारले अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक आधारभूत कार्यालयहरु भैरहवामा स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि जनाइएको छ । वैदेशिक रोजगारीमा जान चाहाने श्रमिकहरुका लागि म्यानपावर कम्पनीका कार्यालयहरु र श्रम तथा स्वास्थ्य परिक्षण कार्यालयहरुको स्थापनाका लागि निजी क्षेत्रका तर्फबाट पटक पटक आग्रह गर्दा पनि सुनुवाई हुन नसकेको भन्दै उनीहरुले विमानस्थलको दूरावस्था देखेर निजी क्षेत्र चिन्तित भएको उल्लेख गरेका छन् ।

विमानस्थल निर्माण शुरु भएसंगै उत्साहीत भएर सरकारकै आब्हानमा यस क्षेत्रका पर्यटन ब्यवसायीहरुले गरेको ५० अर्व भन्दा बढीको लगानी जोखिममा रहेको भन्दै उनीहरुले विभिन्न बहानामा निजी क्षेत्रलाई पटक पटक निराश बनाउने काम नगर्न चेतावनी दिएका छन् । नियमित यात्रु पाउंदा पनि कतिपय वायुसेवा कम्पनीहरुले उडान कटौती गरेको सुनिएकाले त्यस्तो किन भएको हो र कटौती भएका उडानहरु पुनः फिर्ता ल्याउन सरकारले सक्दो पहल गर्न नसक्नुको कारण पनि माग गरेका छन् ।

विज्ञप्तिमा नेपाल चेम्वर अफ कमर्स लुम्विनीका अध्यक्ष टंक पोखरेल,नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्मा, उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष गणेशप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ८ : ०१ बजे

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका

बुटवलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणका लागि उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

बुटवल । बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरबीच ज्येष्ठ

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित, आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका

नेपाल-लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत