१९ माघ २०८२, सोमबार | February 2, 2026

विश्व स्वास्थ्य दिवसको अवसरमा बुटवल हस्पिटलद्वारा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रालिले रक्तदान कार्यक्रम गरेको छ । पछिल्लो समय रगतको अभाव भैरहेको वेला हस्पिटल प्रालिले दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानमा ६४ युनिट रगत संकलन भएको छ । बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । आफ्नो वार्षिक कार्यक्रम अुनसार आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका चिकित्सकहरु, नर्सिङ स्टाफहरु, अन्य मेडिकल तथा प्रशासनका कर्मचारीहरु, सरसफाईकर्मी तथा सुरक्षाकर्मीहरु, क्यान्टिनका कर्मचारीहरु, बिरामीका आफन्त तथा शुभेच्छुकहरुले रक्तदान कार्यक्रममा भाग लिएका थिए । रक्तदानमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले अस्पतालहरुमा रगतको अभाव भैरहेको अवस्थामा रक्तदान कार्यक्रम गरिएको बताए ।

उनले रगतदान गरेमा अर्को एक जना बिरामीको ज्यान वच्न सक्छ भन्ने भावनाको बिकास गर्नका लागि पनि हस्पिटलले रक्तदान कार्यक्रम नियमित रुपमा गर्दै आएको बताए । एक सय शैया संचालनमा रहेको बुटवल हस्पिटल प्रा लिले रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम गरेको अस्पतालका मेडिकल सुपेरटेण्डेन डाक्टर कृष्ण प्रसाद खनालले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ८ : १२ बजे

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका

नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’

नवलपुर । नारायणी नदीमा जल पर्यटनको प्रवद्र्धन र यहाँको धार्मिक