११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

चीनको अस्पतालमा आगलागी हुदाँ जलेर २० को मृत्यु



काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तमा एउटा नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । मंगलबार राति करिब ९ बजे चेङ्दे सहरको लङहुआ काउन्टीमा आगलागी भएको हो ।

धेरै प्रयासपछि मात्रै त्यो आगो निभाउन सकिएको आपतकालिन निकायका अधिकारीहरुले बुधबार बताए । सरकारी समाचार एजेन्सी सिन्ह्वाले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बुधबार बिहानसम्म कुल २० जनाको मृत्यु भएको पुष्टि गरेको बताएको छ। यस घटनामा अन्य कैयौं व्यक्ति घाइते भएका छन् तर आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीबाट बच्न धेरैले भवनबाट हाम फालेका थिए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

आगो लाग्दा नर्सिङ होममा धेरै वृद्धवृद्धा र कर्मचारीहरु उपस्थित थिए । दमकलले आगो निभाउन तत्कालै पहल गरे पनि आगो निकै डरलाग्दो भएकाले निभाउन निकै समय लागेको थियो । समाचार एजेन्सी सिन्ह्वाका अनुसार यस घटनापछि स्थानीय प्रशासनले अनुसन्धान सुरु गरेको छ र आगलागी कसरी भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेको छ ।

उद्धार गरिएका मानिसहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ र उनीहरूको निरीक्षण र उपचार भइरहेको छ। यस घटनाले सम्पूर्ण क्षेत्रमा शोक र चिन्ताको वातावरण सिर्जना गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १ : ०० बजे

प्रधानमन्त्री बन्न ‘भिजन’ चाहिन्छ : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई

संविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव

भैरहवा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको

दाङमा बस दुर्घटना, ७ जना घाइते

तुलसीपुर । दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका